थरुहट कार्यकर्ताद्वारा मोटरसाइकलमा आगजनी

bike-jalyoo-Dang

दाङमा बन्दकर्ताहरुले एउटा मोटरसाईकलमा आगजनी गरेका छन् । थरुहट/थारुवान संयुक्त संघर्ष समितिले गत साउन २७ गते देखि आहृवान गर्दै आएको बन्दका क्रममा आईतबार बिहान पौने २ बजे देउखुरीको लमही गढवा सडक खण्डको वलरामपुरमा गढवाका पुष्पराज घिमिरेको होण्डा यूनिकन अनटेस्ट मोटरसाईकलमा आगजनी भएको हो । 

पाँच/ सात जनाको संख्यामा आएका थरुहटका कार्यकर्ताहरुले मोटरसाईकल नियन्त्रणमा लिएर आगो लगाएका थिए । लगत्तै पुगेको प्रहरीले मोटरसाईकलमा लागेको आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख, प्रहरी निरक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । आगजनीवाट मोटरसाईकलमा २५ प्रतिशत भाग जलेको छ । आगजनी गर्नेहरु फरार रहेका छन् ।

Leave a Reply

Your email address will not be published.