हो, त्यसैले त म धोती, तिमी नेपाली

-केपी अनमोल

anmol

तिमी भन्छौं म मात्रै नेपाली, मेरो मात्रै देश

म भन्छु हामी सबै एक

यस मै समानता खोजौ

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

तिमीलाई तिम्रो नाम पछाडी झुन्डिएको

अक्षरमा गर्भ लाग्छ,

तर मलाई नेपाली लेख्नमा ।

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

म एक ब्यक्ति, एक समुदायका लागि होइन

सिंगो देश विकशित होस भन्छु

तिम्लाई आफ्नो जात भए पुग्यो

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

हो म मधेसीका लागि बोल्छु

थारु आदिवासीका लागि लेख्छु

तिमी मलाई समाज भडुंवा देख्छौं

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

राज्य एक जातको होइन समृद्धिको देउ

आँशु गरिबका देख, गोहीका होइन

यस्तो भन्दा तिमी पाखुरी सुर्खेछौं

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

मधेस जल्दैछ,थारु कट्टी भन्दै रिसाएर टुक्क बसेका छन्

दलित महिला, आदिवासी आस मै छन् फेरि

तिमी भन्छौं, यी सबै संविधान बिरोधी ।

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

हो घरमा त सबैको चित्त बुझाउन सकिन्न

तर, सबै बिच्कीए भने घर नै बरबाद हुन्छ

तिमी भान्से हुँ भन्दै डाडु पनिउँ छोड्दैनौं

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

हेर समय अझै छ, थप बिग्रनबाट जोगाउ

मुली तिमी नै छौं,सम्झएर भित्र्याउ घर

भाइ फुटे गवार लुटे भुल्यौ तिम्ले

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

Leave a Reply

Your email address will not be published.