सप्तरीको भारदहमा प्रहरीको गोली लागि एकजनाको मृत्यु भएको छ। राजमार्गमा ढालेको रुख हटाउने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि प्रतिकारमा गोली चलाउँदा रामकृष्ण राउतको मृत्यु भएको हो। ६० वर्षीय मृतक राउत पोर्ताह–१ का बासिन्दा हुन्। उनको छातीमा गोली लागेको छ।
गएरातिदेखि नै सप्तरीको भारहदमा प्रहरी र प्रदर्शनकारीबीच भडप भएको थियो। प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय भारदहको पूर्व र पश्चिम दुई ठाउँमा रुख ढालेर राजमार्ग अवरुद्ध गरेका थिए। सुरक्षाकर्मीले रुख हटाउन खोजेपछि प्रदर्शनकारीले अवरोध गर्दा झडप भएको थियो।
झडप नियन्त्रण गर्न प्रहरीले सुरुमा लाठीचार्ज गरेको थियो। त्यसपछि पनि स्थिति नियन्त्रणमा नअाएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताए।