लक्ष्मण थारुको दाबी- टीकापुरमा प्रहरी कुल्चेर मरेका हुन्, मारिएका होइनन्

Laxman tharu

लक्ष्मण थारु, नेता।

अहिलेको आन्दोलन शान्तिपूर्ण छ। जनसहभागिता छ। एमाले कांग्रेस र एमाओवादीको सद्धबुद्धि आयो भने पहाडमा चार प्रदेश र तराईमा तीन प्रदेश बनाउन सकिन्छ। जुन उहाँहरुले भनेजस्तै सात प्रदेशकै हुन्छ। नाममा केही छैन। शेरबहादुर देउवा प्रदेश बनाए नि हुन्छ। तराईमा तीन प्रदेश भयो भने अहिलेको समस्याको समाधान हुन्छ। तराईका समुदाय पनि यसमा सहमत छन्।

थारुका राजनीति सबालालई राजनीतिबाटै समाधान पनि गर्नुपर्छ। राजनीतिक सबाललाई बन्दुल तेर्स्याएर, एमालेका दुईचार सभासद् किनेर, कांग्रेसका दुई चार जनालाई तर्साएर समस्या समाधान हुँदैन। अहिको मुद्दा राजनीतिक रुपमा हल गर्न खोजिएको छैन। सम्बोधन गर्न खोजिएको छैन। राज्यले थारुहरु थाकून रणनीतिमा लागेको छ। राज्य अहिले पनि राजनीतिक समाधान गर्न चाहँदैन।

थारुसँग अहिले गर कि मर अवस्थामा छन्। सरकारले नै सुरक्षा बिथोल्छ भने के को जातीय सद्भाव? के हो जातीय सद्भाव? थारुले सद्भाव बिगाराके हुन् र? नेपालको इतिहास हेरौं। २०१७ देखि ०४६ सालसम्म सत्तामा क्षेत्रीहरु थिए। त्यो पनि जातीय सत्ता हो। ४६ सालको परिवर्तपछि बाहुनहरु सत्तामा आए। ८० प्रतिशत बाहुनहरुको हातमा देशको सत्ता छ।

अब कैलालीमा नेपालको जम्मै आर्मी लगे पनि थारुले तोड्छ। नीतिगत सैदान्तिक राजनीतिक बेइमानी भएको छैन। नेताहरुको संकीर्ण मानसिकताले सबै कुरा बिग्रेको हो। टीकापुर घटना दोहोरिन्छ कि दोहोरिँदैन तर यो देशको सत्तामा बस्नेहरुलाई धेरै गाह्रो हुन्छ। कांगेस एमाले र माओवादीको नेता भनेर भ्रममा नबसे हुन्छ।

पुलिसलाई थारुले मारेकै होइनन्। प्रहरी कुल्चेर मरेका हुन्। ५० हजारको भीडलाई रोक्न सक्छ प्रहरीले? त्यहाँ घुसपैठ थिएन। त्यसको जिम्मेवारी म लिन्छु। मिडियामा आएसरी गाउँगाउँमा पलायन पनि छैन। टीकापुरमा सत्य हो त्यहाँका युवा पलायन भएका छन्। जातीय सद्भाव बिगार्ने काम थारुले होइन, राज्यले गरिररहेको छ।

(थारु एराउन्ड दी वर्ल्डले आयोजना गरेको संविधान निर्माणको वर्तमान परिपेक्षमा थरुहट आन्दोलन र सम्भावित निकास विषयक अन्तर्क्रियामा थारुको भिडियो हेर्नुस्)

Leave a Reply

Your email address will not be published.