अस्टिम्कीमा पनि टीकापुरमा २४ घण्टे कर्फ्यू

tharu basthi
कृष्ण जन्माष्टमी तथा थारु महिलाको महान पर्व अस्टिम्कीलाई मध्यनजर गर्दै अन्यत्र कर्फ्यू र निषेधाज्ञादेखि आन्दोलन समेत खुकुलो पारिएको छ। तर, टीकापुरमा भने कर्फ्यू कडा गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले आज शनिबार २४ घण्टे कर्फ्यू जारी गरेको छ।सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै २४ घण्टे कर्फ्यू जारी गरिएको स्थानीय प्रशासनले बताएको छ। एसएसपीसहितका सुरक्षाकर्मीको हत्या भएपछि ७ गतेबाट टीकापुरमा कर्फ्यू लगाइएको छ।

तर, पछिल्ला केही दिनमा तीन घण्टा कर्फ्यू हटाइएको थियो, जसले जनजीवन समान्य बन्नाउन मदत गरेको थियो।
धनगढीमा भने मध्याहृन १२ बजेबाट दिउँसो ४ बजेसम्म मात्र कर्फ्यू लगाइएको छ।

 

Leave a Reply

Your email address will not be published.