थारुको माग सम्बोधन नगरी अघि बढ्न सकिँद : एमाओवादी प्रवक्ता

dinanath-sharmaएनेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले थारु समुदायको जायज माग सम्बोधन गरेर संविधान निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् । संविधान जारी गर्न नदिन विभिन्न क्षेत्रबाट षड्यन्त्र भइरहेको बताउँदै उनले थारुहरुको जायज मागलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले संविधान जारी गर्न नदिने षड्यन्त्र भए पनि भदौ महिनाभित्र संविधान जारी गर्न कसैले रोक्न नसक्ने बताए । तराईमा चर्किएको आन्दोलनमा एमाओवादीको घुसपैठ नभएको दाबी गर्दै उनले भारतबाट घुसपैठ भएको हो भने सरकारले नाकामा कडाइ गर्नुपर्ने बताए ।

सरकारमा बस्ने व्यक्तिहरुले हचुवाका भरमा आन्दोलनमा भारतको घुसपैठ छ भन्नु नै गलत भएको जिकिर गर्दै प्रवक्ता शर्माले भने, ‘भारतको घुसपैठ रोक्न सरकारले सिमानामा निगरानी बढाउनुपर्छ, भारतसँग घुसपैठ रोक्न आग्रह गर्नुपर्छ, सरकारमा बस्नेले अनधिकृत रुपमा बोल्नुहुन्न ।’

तराईमा स्वार्थका लागि केही तत्वहरु सक्रिय रहेको चर्चा गर्दै उनले त्यस्ता समूहसँग सरकार सतर्क रहनुपर्ने औँल्याउए । छलफल र सहमतिका लागि एमाओवादीले मधेसवादी दलका नेताहरुसँग औपचारिक तथा अनौपचारिक छलफल चलाएको बताउँदै प्रवक्ता शर्माले भने, ‘सहमतिका लागि मधेसवादी दलका नेताहरुसँग एमाओवादीका नेताहरुले बृहत् छलफल चलाएका छन्- भोलिसम्ममा निष्कर्षमा पुग्छ ।’

Leave a Reply

Your email address will not be published.