‘थारुलाई प्रदेश नदिए टिकापुर घट्ना फेरि दोहोरिन सक्छ’

Giriraj Mani Pokhrel

एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणी पोखरेलले ७ बाट ८ प्रदेश बनाएर भए पनि थारुहरुका लागि छुट्टै प्रदेशको माग गरेका छन्। संविधानको परिमार्जित विधेयकमाथिको छलफलका क्रममा उनले थारुहरुमाथि अन्याय भएकोले कैलाली र कञ्चनपुरलाई टुक्र्याएर भएपनि थारुहरुका लागि विशेष व्यवस्था गरिनुपर्ने तर्क गरे।

उनले भने, ‘विशेष स्वायत्त प्रदेशको व्यवस्था गरेर भएपनि थारुहरुका मागलाई सम्बोधन गर्नुपर्छ।’ सेना परिचालन समस्याको समाधान नभएको भन्दै उनले थारुहरुमाथि भएको उत्पीडन र कहालीलाग्दो अवस्थाको एउटा आक्रोसका रुपमा टिकापुर घटना भएको जिकिर गरे।

जनतालाई अधिकार नदिएमा टिकापुर घटनाको पुनराबृत्ती समेत हुन सक्ने पोखरेलले बताए। थारुहरुका समस्या समाधान नगरि जारी गरिएको संविधान थारुहरुले नस्वीकार्ने र त्यसले अर्को द्वन्द्व निम्त्याउन सक्ने चेतावनीसमेत उनले दिए।

टिकापुर घटना अमानवीय भएको र त्यसको जति भर्त्सना गरेपनि कम हुने भन्दै उनले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग गरे।

Leave a Reply

Your email address will not be published.