थारु विद्यार्थीलाई छात्रवृत्तिको अवसर

TAFगरिब तथा जेहेन्दार थारु विद्यार्थीहरुका लागि खुसीको खबर। अमेरिका बस्ने थारुहरुले थारु समुदायका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको अवसरमा प्रदान गरेका हुन्। थारुज एन्ड फ्रेन्ड एसोसियसनले २०१५-०१६ का लागि आवेदन आह्वान गरेको छ। थारु समुदायका जुनसुकै ब्यक्तिले प्लस टु, ब्याचलर र मास्टर्सका लागि छात्रवृत्तिमा आवेदन दिन सक्ने संस्थाका हेम चौधरीले जानकारी दिए।

चौधरीका अनुसार ६ जना विद्यार्थीलाई २५ हजारका दरले छात्रवृत्ति प्रदान गरिनेछ। गत वर्ष दस जनाले मात्र छात्रवृत्तिका लागि आवेदन दिएको र सोमध्ये ६ जनाले छात्रवृत्ति पाएको उनले बताए।

आवेदन दिन इच्छुकहरुले संस्थाको फेसबुकबाट फर्म डाउनलोड गरेर भर्नुपर्ने हुन्छ। त्यसपछि tharusandfriends@gmail.com मा डकुमेन्टसहित इमेल गर्नुपर्ने हुन्छ।

आर्थिक अवस्था कमजोर भएर पढ्न नसक्नेहरुका लागि यो छात्रवृत्ति आयोजना गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *