यी हुन् लेखीको टार्गेटमा परेका ७ नेता र मानवअधिकारकर्मी

Tha Ka Sa_Tharu Sahid Smaran-1, Rajkumar Lekhi

थरुहट/थारुवान आन्दोलनका अगुवा तथा आदिवासी जनजाती केन्द्रीय महासंघका पूर्व केन्द्रीय अध्यक्ष राजकुमार लेखीले गत सोमबार कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र डेढ बर्षीय बालकको ज्यान जाने गरी भएको विभत्स घटनाको जिम्मेवार नेपाली कांग्रेस, नेकपा–एमाले, र एमाओवादीले जिम्मा लिनुपर्ने बताएका छन्।

सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै नेता लेखिले टिकापुरको हत्याकाण्ड तीन दलका टाउकेहरुका कारण निम्तिाएको बताए। ‘थारुहरुलाई उक्साएर आन्दोलनलाई विभत्स बनाउने नेपाली कांग्रेसका सुशील कोइराला, शेरबहादुर देउवा , एमालेका केपी ओली तथा पूर्व गृहमन्त्री भीम रावल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, तथा एमाओवादीकै नेता लेखराज भट्ट लगायत अन्यलाई जनताले कारबाही नगरे आफनो पार्टी र कार्यकर्ताहरुले भौतिक कार्वाही गरेर देखाउने बताएका हुन्।

स्वायत्त थरुहट प्रदेश मागदै शान्तिपुर्ण आन्दोलनमा उत्रिएका आफना कार्यकर्ताहरुलाई सिबिलमा प्रहरी खटाएर ढुङ्गा हान्न लगाउने ती दलका नेताहरुलाई जहाँ भेटयो त्यही कार्वाही गर्न नेता लेखीले कार्याकर्ताहरुलाई आदेश समेत दिएका छन्।

उनले कैलालीको टिकापुर, रौतहटको गौर , सप्तरी लगायतका जहा जहा दंगा भडकिएका छन त्यस्ता जिल्लाका घटना स्थलमै मानवअधिकारकर्मी र सञ्चारकर्मीहरु नपुगेको प्रति रुष्ट प्रकट गर्दै मानवअधिकारवादीलाई समेत थरुहट प्रदेशबाट लखेटन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

घटनाबारे सत्य तथ्य बुझेर प्रतिवेदन निकाल्ने मानवअधिकारवादीहरुलाई बिदेशी डलरमा बिकेको बताउँदै थारु नेता लेखीले त्यस्ता मानवअधिकारवादीहरुलाई थरुहट राज्यबाट लखेटनुपर्ने समेत बताए। ‘अब आन्दोलनको स्वरुप परिर्वतन हुन्छ। डलरवादी मानवअधिकारर्मीलाई देख्नुभयो भने कठालो समातेर डलर पचाउने संस्था बन्द गर भन्नुहोस्। नत्र यत्रो दिन कहाँ रक्सी खाएर निदाएर बसेका थिए?’

रातोपाटीबाट

3 thoughts on “यी हुन् लेखीको टार्गेटमा परेका ७ नेता र मानवअधिकारकर्मी

  1. aba malai tis uthi ra6!! jasle tharu ko aandolan lai purna samarthan gare 6 teslai pani k ko target?? baburam ra prachnda le pahile dekhi nai samarthan gare 6an!! feri unharuko naam kina?? malai chai yo man parena hai!! K baburam ra prachanda sabai tira baata galli khane??

  2. यो थारुको बोली जस्तो छैन । यसमा केही खराब तत्वको गन्ध पसे जस्तो छ । सार्वजनिक स्थानमा बिचार ब्यक्त गर्दा सुझबुझको साथ गर्नु जरुरी छ ।

  3. लेखी सर । मानवअधिकारकर्मीलाई गाली गर्नु राम्रो होइन । उनीहरु त सकेसम्म निष्पक्ष भूमिका निर्बाह गर्नपट्टी नै लागेका छन् । साथै जो थारुको पक्षमा बोल्दैछ उसलाई गाली गरेर चिढाउनु हुँदैन ।

Leave a Reply

Your email address will not be published.