संविधान जारी हुने बेला उपलब्धी नगुमाऔं : थारु सभासद्

bisram-prasad-tharuसभासद विश्राम प्रसाद चौधरी (थारु)ले हाल भइरहेको थारु आन्दोलन वार्ताकै माध्यमबाट टुंग्याइनु पर्नेमा जोड दिएका छन् । उनले दाङ देखी कञ्चनपुर सम्म रहेका साढे नौ लाख थारुहरुको मागलाई वार्ताको माध्यमबाट टुंग्याइनुपर्नेमा जोड दिएका हुन्।

कपिलबस्तुबाट एमालेको सभासदका रुपमा संविधानसभामा प्रतिनिधित्व गर्ने थारुले आइतबार एक धारणापत्र प्रेषित गर्दै भनेका छन्–, ‘ अहिले आफ्नो माग पुरा गराउनका लागि अपनाईएका जे जस्ता तौर तरिका छन् यसबाट माथी उठेर वार्ता र संम्वादबाट अन्तिम टुंगोमा पुग्ने प्रयास थालिनुपर्छ।’

संविधान विभिन्न राजनीतिक दलहरु विच भएको साझा मुद्धाहरुको सम्झौताको दस्तावेज भएको भन्दै उनले कुनै पनि राजनीतिक दलको दुई तिहाई वहुमत नरहेको अवस्थामा सवै दलको विचारलाई समेट्दै अगाडी बढ्ने क्रममा केही विषय छुटेको अवस्थामा त्यसलाई मिलाइनुपर्नेमा उनले जोड दिएका छन् । उनले संविधान जारी हुने बेलामा उपलब्धी गुमाउने खेलमा लाग्न नहुनेमा जोड दिँदै सवैले आ—आप्mनो तर्फबाट सामाजिक सत्भाव कायम राख्दै संविधान निमार्णमा सहयोग गर्नुपर्ने अहिले आवश्यकता रहेको औंल्याएका छन् ।

‘एक दुई विषयमा अल्झेर सवै उपलब्धि गुमाउने खेलमा लाग्नु भन्दा सवैले आ—आप्mनो तर्फबाट सामाजिक सत्भाव कायम राख्दै संविधान निमार्णमा सहयोगका लागि हार्दीक अपिल गर्दछु ’, उनले भनेका छन् ।

उनले संविधानको मस्यौदामा नागरिकको सुझाव सहित नेपालको संविधानको परिमार्जित विद्येयकको अन्तिम चरणमा कार्य सम्पादन भईरहेको समयमा सिमाङकन लगायतका सवाललाई लिएर देशका विभिन्न जिल्लामा भएका आन्दोलन र त्यसपछिका घटनाले आफूलाई दुःखी बनाएको समेत उल्लेख गरेका छन् ।

उनले कैलालीको टीकापुर लगायतका क्षेत्रमा भएका आन्दोलनमा सामाजिक सद्भाव विथोल्ने हर्कत भएकोमा समेत आपत्ती जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.