नेपालगन्जमा अनिश्चितकालीन निषेधाज्ञा

Tharuhat Federal State 01

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा आज राति ८ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरेको छ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा केही दिनदेखि बन्द आह्वान गरेको परिस्थितिलाई दृष्टिगत गरी कुनै पनि प्रकारको अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकले बताए।

उहाँका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गत राँझादेखि जमुनहासम्म र खजुरा सडकखण्डको नन्दनी मिलदेखि फुलटेक्रासम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको हो। रासस

Leave a Reply

Your email address will not be published.