कैलाली-कञ्चनपुरमा सामाजिक सद्‍भाव खलबल्याउने प्रयास भयो : गंगा थारु

Tha Ka Sa_Tharu Sahid Smaran-6, Ganga Tharu

थरुहट तराई पार्टी नेपालका गङ्गा चौधरी (सत्गौवा)ले शान्तिपूर्ण आन्दोलनमा उत्रेका थारु जातिलाई उपेक्षा गरिएको बताएकी छन्। ब्यवस्थापिका संसदमा बोल्दै उनले कैलाली र कञ्चनपुरमा सामाजिक सद्‍भाव खलबल्याउने प्रयास भएकामा आक्रोश व्यक्त गरिन्।
त्यस्तै एमाओवादीका गणेशमान पुनले आदिवासी जनजाति महासङ्घले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाउँदै आजको आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न माग गरे।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का डा सुवोधकुमार पोखरेलले सामाजिक सद्भाव भड्काउने काम हुन नहुने र आफूलाई मधेसका मसिहा ठान्नेहरूले सप्तरी, सिरहा र सुनसरीमा पुस्तौँदेखि बस्दै आएका पहाडीमूलका अल्पसङ्ख्यक जनतालाई त्रसित र भयभित बनाएको गुनासो गरे।
मधेसी जनअधिकार फोरम नेपालका डा शिवजी यादवले भैरहवालगायत देशका विभिन्न भागमा सामाजिक सद्भाव खलबल्याउने प्रयास भएको भन्दै त्यसको विरोध गरे। राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले सङ्घीयताले देशमा अशान्तिको बीउ रोपेको भन्दै सङ्घीयताका नाममा बागलुङलाई सीमा विभाजन गरिएकामा आपत्ति जनाए। रासस

Leave a Reply

Your email address will not be published.