कैलालीको तोरैयापुरमा थरुहट र अखण्ड पक्षबीच झडप, पाँच राउन्ड अश्रुग्यास प्रहार

फाइल तस्बिर
फाइल तस्बिर

अखण्ड सुदूरपश्चिम पक्षधरले आह्वान गरेको मोटरसाइकल र्याजलीलाई कैलालीको दुर्गौली गाविस तोरैयापुरमा थरुहट पक्षधरले अवरोध सिर्जना गरेपछि दोहरो झडप भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन्।
झडपमा अखण्ड सुदूरपश्चिम पक्षधरका केही घाइते भएका छन् भने एक जना सुरक्षाकर्मीसमेत घाइते भएको बताइएको छ। सो क्षेत्रमा अहिले पनि झडप भैरहेको र स्थिति निकै तनावपूर्ण छ। स्थिति नियन्त्रणमा लिन टिकापुर र धनगढीबाट थप सुरक्षाकर्मी त्यसतर्फ पठाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताए।

One thought on “कैलालीको तोरैयापुरमा थरुहट र अखण्ड पक्षबीच झडप, पाँच राउन्ड अश्रुग्यास प्रहार

Leave a Reply

Your email address will not be published.