
थरुहट\थारुवान संयुक्त संघर्ष समितिबाट कैलालीको धनगढीमा साउन ३२ गते आयोजना गरिएको जनसभामा जाँदै गर्दा अखण्ड पक्षधर समूहले सांघातिक आक्रमण गर्दा सख्त घाइते भएका थापापुर२ महदेउलीका चिन्कु डंगौरा थारुको भदौ १ गते निधन भएको छ । उनी शिक्षण अस्पताल महाराजगंजमा उपचाररत थिए ।
थरुहट थारुवान संयुक्त संघर्ष समितिले विज्ञप्ती जारी गर्दै मृतकलाई अविलम्व सहीद घोषणा गरी उचित क्षतिपूर्ती उपलब्ध गराउन सरकारसंग माग गरेको छ । साथै, आन्दोलनको क्रममा घाईते भएका आन्दोलनकर्मीहरुको उपचारको लागि निःशुल्क व्यवस्था गर्न पनि माग गरिएको छ । दोषीलाई पक्राउ गरी कारवाही गर्न तथा अधिकारका लागि भईरहेको शान्तिपूर्ण आन्दोलनमा गृह प्रशासनबाट दमन, धरपकड नगर्न पनि विज्ञप्तीमा जनाइएको छ ।

