थरुहट आन्दोलनकारीको मृत्यु

शिक्षण अस्पतालमा चिन्कु डगौरा
शिक्षण अस्पतालमा चिन्कु डगौरा

ट्याक्टर दुर्घटनामा परेका कैलालीका एक थरुहट प्रदर्शनकारीको मृत्यु भएको छ। सोमबार धनगढीमा आयोजित आमसभामा सहभागी हुन कैलालीको थापापुरबाट आएका ५० वर्षीय चिन्कु डगौराको मंगलबार राति राजधानीमा निधन भएको हो। उपचार सम्भव नभएपछि राजधानी ल्याइएका उनको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

धनगढी पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको साँढेपानी सडकखण्डमा से१त ५९३९ नं को ट्याक्टर दुर्घटना हुँदा उनीसहित १६ जना घाइते भएका थिए।

7 thoughts on “थरुहट आन्दोलनकारीको मृत्यु

  1. हार्दिक श्रद्धाञ्जली! दिवंगत आत्माले शान्ति पाऊन्। साथै शोक संतप्त परिवारका सदस्यहरुलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्।

  2. आत्माको चिर शान्तिको कामना गर्दै वहाँको बलिदानलाई शक्तिमा परिणत गरी सम्पुर्ण संघियतावादीहरु एक भएर हाम्रो माग पुरा गर्नलाई कटिबद्ध होऔ ।

  3. थरुहट प्राप्तिका लागि आन्दोलनमा होमिएका चिन्कु डंगौरालाई थरुहट संयुक्त संघर्ष समितिको तर्फबाट सलाम अर्पण गर्दछु । वहाँको बलिदानीले थरुहट आन्दोलनलाई अझ उर्जा देओस् भन्ने कामना गर्दछु । साथै थरुहट संयुक्त संघर्ष समितिले चिन्कु डंगौरालाई शहिद घोषणाको लागि पहल गरोस्।

  4. चिन्कु डगौरा थारु अमर रहुन ! दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछु ….साथै शोक शन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *