नेकपा एमाले नवलपरासीको जिल्ला पार्टी कार्यालयमा तोडफोड भएको छ। शुक्रबार बेलुकी बन्द आह्वानकर्ताहरुले एमाले पार्टी कार्यालया ढंगा प्रहार गरी दुई वटा झ्यालका सिसाहरु फुटाइदिएका छन्। थारु कल्याणकारिणी सभालगायतका विभिन्न समूहले लगाएको आह्वानमा बन्द भएको परासी बजारमा रहेको एमाले कार्यालयमा उनीहरुले ढुंगा प्रहार गरी झ्यालका सिसाहरु फुटाएका हुन्।
एमाले जिल्ला पार्टी कार्यालयमा प्रहरी भएकाले उनीहरुले ठूलो आक्रमण गर्न नपाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए। बन्दकर्ताहरुले कार्यालयमा आगो लगाउने प्रयास गरेपनि प्रहरीले २ राउण्ड हवाई फायर गरेपछि उनीहरु भागेका थिए।
एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहाले कायरतापूर्ण तरिकाबाट एमाले पार्टी कार्यालयमा आक्रमण भएको बताए। सुरुमा अखण्ड नवलपरासीको नाममा परासीमा आन्दोलन सुरु भएको थियो। परासीका केही मान्छेहरुले थालेको आन्दोलन अराजकतातर्फ उन्मुख भएको छ। राजमार्गमा समेत महिला र बालबाललिकाहरुलाई लौरो लिएर निस्केका छन्।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर