थारुको आन्दोलनलाई समर्थन गर्दै जनजाति महासंघद्वारा आन्दोलन घोषणा

janjati mahasanghसंविधानको मस्यौदामा आदिवासी जनजातिको मुद्दा सम्बोधन नगरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। ६ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै जनजाति महासंघले भदौ १० गतेसम्मको आन्दालनका कार्यक्रम सार्वजनिक गरेको हो।

‘पहिचान र आधार बिनाको सीमांकन आएको छ र यो विगतको सहमति विपरित छ’ महासंघका महासचिव पेम्बा भोटेले भने- ‘धर्म निरपेक्षता हटाउने सहमति भएको भन्ने आएको छ। यसको विरोधमा हामीले आन्दोलन घोषणा गरिएको हो।’

महासंघले भदौ १ गते संविधानको मस्यौदा जलाउने, २ गते दबाबमूलक र्‍याली, भदौ ४ गते मार्चपाससहित बानेश्वर घेराउ र भदौ ५ गते शान्तिवाटिकाबाट मसाल जुलुस छन्। जनजाति महासंघले भदौ ६ र ७ गते नेपाल बन्द गर्ने घोषणासमेत गरेको छ।

जनजाति महासंघका अध्यक्ष एवं सभासद नागेन्द्र कुमालले आदिवासी जनजातिको मुद्दाको सम्बोधन नभएसम्म आन्दोलन चलिरहने बताए। जनजाति महासंघले आन्दोलनका क्रममा मधेसी, थारु, दलित तथा धार्मिक संघ संस्थासँग सहकार्य गरिने समेत बताएको छ।

Leave a Reply

Your email address will not be published.