थरुहट बन्दले दाङ पूर्णरुपमा प्रभावित

कैलालीमा थारुहरुले जनप्रदर्शन गर्दै।
कैलालीमा थारुहरुले जनप्रदर्शन गर्दै।

पश्चिमको कञ्चनपुरदेखि पूर्वको चितवनसम्मलाई सम्मिलित गरेर ‘थरुहट प्रदेश’ बनाउनु पर्ने माग गर्दै थरुहट संयुक्त सङ्र्घष समितिले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि दाङको जनजीवन ठप्प रह्यो। बन्दका कारण यातायातका कुनै पनि साधन चल्न सकेका छैनन्। तुलसीपुर, घोराही, लमही र नारायणपुर बजार पूर्ण रुपमा बन्द छन्। शिक्षण संस्था, उद्योगधन्दा र सरकारी कार्यालयसमेत खुलेका छैनन्।
यस्तै, रुकुमलाई टुक्र्याएर छुट्टाछुट्टै प्रदेशमा राखिएको भन्दै यहाँका नागरिकले विगत ५ दिनदेखि गर्दैआएको बन्द आज पनि जारी छ। बन्दका कारण यहाँको जनजीवन प्रभावित बनेको छ। यस्तै, ६ नम्बर प्रदेशमा राखेको विरोधमा सल्यानवासीले पनि जिल्ला बन्द गरेका छन्।
यसैगरी, ६ नम्बर प्रदेशको राजधानी सुर्खेत हुनुपर्ने तथा अहिलेको सीमाङ्कन खारेज गर्नुपर्ने माग गर्दै थालिएको अनिश्चितकालीन बन्द बिहLबार पनि जाजरकोटमा जारी रह्यो।
प्रदर्शनकारीले आज जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्नासमेत दिएका छन्। ‘मध्यपश्चिम छाड्दैनौँ, सुदूरपश्चिम जाँदैनौं’ भन्ने नारा लगाउँदै उनीहरुले अहिले सदरमुकाम खलंगामा प्रदर्शन गरिरहेका छन्।

लगातारको बन्दले खलङ्गा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको छ। अहिलेको सीमाङ्कन खारेज नभएसम्म आन्दोलन जारी रहने उद्योग वाणिज्य सङ्घ जाजरकोटका कोषाध्यक्ष वसन्तप्रसाद शर्माले बताए। रासस

Leave a Reply

Your email address will not be published.