थारु आन्दोलनलाई समर्थन छ, कैलाली बर्दियातिरै मिसाउनुपर्छ : बाबुराम (भिडियो)

Baburamसंवैधानिक राजनीतिक सहमति तथा सम्वाद समितिका सभापति एवं एमाओवादी नेता बाबुराम भट्टराईले थारु समुदायले गर्ने आन्दोलनमा आफ्नो समर्थन रहने बताएका छन् । तर, अखण्डका नाममा भइरहेको आन्दोलन भने अनुचित भएको भट्टराईले बताए। भट्टराईले भने- ‘कैलाली जहाँ ४ लाख बढी थारुहरु छन्, त्यसलाई बलजफ्ती थारु बाहूल्य क्षेत्रबाट चुँडालेर घाँटी नै काटेर अर्को प्रदेशमा राख्ने भन्ने कुरा सर्वथा अन्यायपूर्ण छ।’

सकेसम्म कञ्चनपुरसहित र नभए पनि कैलालीको थारु बाहूल्य क्षेत्रलाई बर्दियाँसँग मिसाउनुपर्ने बताउँदै उनले भने- ‘कैलाली कञ्चनपुरलाई थारु बाहूल्य क्षेत्रबाट चुँडालेर घाँटी नै काटेर अर्को प्रदेशमा राख्ने भन्ने कुरा सर्वथा अन्यायपूर्ण छ।’ उनले अघि भने- ‘यसका निम्ति त्यहाँका जनताले गर्ने आन्दोलनमा हाम्रो पूर्ण साथ हुन्छ।’

पश्चिमका केही नेताहरुको अत्यन्त संकीर्ण चिन्तन र स्वार्थका कारणले कैलाली र कञ्चनपुर ६ नम्बरको प्रदेशमा हुन पुगेको उनले बताए।

भिडियो हेर्नुस्:

समाचार/भिडियो-

5 thoughts on “थारु आन्दोलनलाई समर्थन छ, कैलाली बर्दियातिरै मिसाउनुपर्छ : बाबुराम (भिडियो)

  1. देश संघियतामा जाने बेलामा संघियताको छाँट -घाँट कहिँ पयियेना। एस्तो परिस्थितिमा मुठ-भेट हुने प्रबल सम्भावना नै हुन्छा एस देशमा रहेका आदिबासी जन्जतिलाए फेरी पनि पछाडी पर्ने छडयन्त्र रचियो भने अब हामी सहने बाला छैनौ। हाम्रो अधिकार सुनिश्चित गरि माग पुरा गरियोस। र बाहुने धुर्ती नालागायियोस नत्र हरेक छेत्रमा यिनिहरुप्रती संघर्ष हुन्छा अब ठग्ने जमाना रहेन भनेर बुझोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *