शनिबार राति शीर्ष नेताहरुबीच सहमतिको भइरहँदा थारु सभासद्हरु संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिको बैठकका लागि कुरी बसेका थिए। ११ बजे बोलाइएको बैठक अबेर रात ११ बजेसम्म नहुँदा जति आक्रोशित थिए थारु सभासद्हरु त्यति नै धेरै संघीयताको नयााँ खाकालाई लिएर थिए।
संघीय प्रदेशमा चित्त नबुझाएका र बेलैमा बैठक नगरेको भन्दै समितिका केही सभासद्हरु शीर्ष नेताहरुलाई घेराउन गर्न पुगेका थिए। जसमा गोपाल दहित, योगेन्द्र चौधरीसँगै अन्य सभासद्ले शीर्ष नेताहरुविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले ‘पावर सेयरिङ’ हुँदै हो भनेर नाराबाजी गरे। उनीहरुलाई आश्वस्त पार्न समितिका सभापति बाबुराम भट्टराईले एकछिन धैर्य गर्न आग्रह गरेका थिए।
गच्छदारले सहमति गर्ने मनसाय बनाएपछि फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले ‘गच्छदारलाई देखाइदिन्छौं’ भनी सम्बाद समितिको बैठक बहिस्कार गरेका थिए। रामजनमसँगै मध्यरातमा बैठक बहिस्कार गरी योगेन्द्र चौधरी र जनकराज चौधरी बाहिरिएका थिए।
गोपाल दहित र गंगा थारु भने सम्बाद समितिको बैठक कुरी बसेका थिए। साढे १२ बजे बसेकाे बैठक क्षणभरमै स्थगित भएपछि उनीहरु पनि गन्तव्यमा लागेका थिए।
शीर्ष नेताको विरोध गर्दै थारु सभासद्लगायत अन्य सभासद्हरु।
चार थारु सभासद् सम्बाद समितिको हलमा छलफल गर्दै।
फोरम लोकतान्त्रिकका सभासद् जनकराज चौधरी।
थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहित।
थरुहट तराई पार्टी नेपालका सभासद् गंगा थारु र संघीय सद्भावनाका सभासद् डिम्पल झा।
फोरम लोकतान्त्रिकका सभासद् योगेन्द्र चौधरी र पत्रकार ऋषि धमला कुराकानी गर्दै।
yo mauka feri feri aaudaina, j garnu chha ahile nai garera dekhau, tharu neta haru
Tharu Raja, Neta ra Samajsevi bhanaudo Dilli Chaudhary le yesto bela ke garyo hola, Sabai lai tha
ha chha.
Deuba ko, kothari ma Mukhya mantri ko lagi chakadi garyo hola.