संजय थारु।
५/६ महिनापछि सिंहदरवार गएका थियौं। थरुहट आन्दोलनताका म एक सामुदायिक बिधालयमा कक्षा ९ मा पढ्थे। मैले थारु राजनीति त्यही आन्दोलनबाट सिक्न सुरु गरेको थिएँ। हुन त म आन्दोलनमा सहभागी भएको थिइन्, तर आन्दोलनबाट बेलुका फर्केपछि ठूलो बुबा र काकाहरु बैठक बस्दा धयान दिएर कुरा सुन्थे। आन्दोलनमा के कस्तो अवस्था आयो। कसले आन्तरिक र कुन नेताले बाह्यरुपमा सहयोग गर्यो भनेर कुरा हुन्थ्यो, सब ध्यान लगाएर सुन्थे।
त्यतिबेला तीन जना नेताको नाम सुन्थे मेरो अग्रजबाट। विजय गच्छदारले थरुहट आन्दोलनविरुद्ध मधेसी आइलाग्दा स्थानीय मधेसी नेतालाई थारुविरुद्ध नजान चेतावनी दिएका थिए । लक्ष्मण थारुको उदय भयो र त्यसपछि राजकुमार लेखी जसले धोका दियो भनेर सुन्थे। अरु नेताबारे खसै सुनिन र त्यति बुझ्दिन थे।
…
भाग्यबस सिंहदरबारमा सुनसरी र नवलपरासीको त्यस आन्दोलनका योद्धाहरु भेट भयो। जो अहिलेसम्म आन्दोलनको मुद्दा खेपिरहेका छन्। त्यहाँ उनीहरु तारिख लिन आएका रहेछन्। यसलाई हामी दुर्भाग्य मानौं। तीमध्ये अधिकांश विद्यार्थी थिए।
एक जना योद्धाले भने जिन्दगीमा त्यति धेरै कुटाइ कहिले नखएको बताए। तर आन्दोलनको बेला थारुको हक र अधिकारका लागि कुटाइ खाएको उनले बताए। मुद्दा परेकाहरुको कतिपयको घर जग्गा लिलाममा परिसके तर मुद्दामा सहयोग गर्न न लेखी आए, न लक्ष्मण थारु नै।
गच्छदार आफू गृहमन्त्री हुँदा केहीलाई मुद्दा झेल्नबाट बचाए। तर अझै ४६ जनाले मुद्दा खेपिरहेको थरुहट तराई पार्टीका सचिव मीनराज चौधरीले जानकारी दिनुभयो। मीन राज दाइले केहीको मुद्दाका लागि दौडधुप गरेको थाहा पाइयो।
अहिले संविधनको मस्यौदा आइसकेको छ। नयाँ संविधान बन्ने संघरमा छ। यस मस्यौदामा थारुको हक र अधिकार अधिकतम रुपमा काटिएको छ। तैपनि यसबारे थारु नेताहरुले खासै बोलेको देखिएन।
थरुहट तराई पार्टी नेपाल र संघीय लोकतान्त्रिक मञ्च थरुहटको बोली पनि सुन्न गाह्रो छ। अरु पार्टीको त कुरै नगरौं। अर्कोतिर थारु संघसंस्थाका छाता संगठनको दर्जा पाएको थारू कल्याणकारणी सभा र राजकुमार लेखीले बोली फेरेर थरुहट आन्दोलनको भावना बिपरित बहुप्रदेशको रटान लगाएका छन्।
मस्यौदाप्रति कुनै टीका टिप्पणीसमेत नगरेको थाकसले उल्टै थाकस जिल्ला समिति कैलाली, सुन्सरी र मोरङका सभापतिलाई कारबाही गर्ने चेतावनी दिएका छन्। जसको कारण ती जिल्ला सभापतिहरु थाकसलाई भिडाएको लेखीको बहुप्रदेशविरुद्ध गएर गतिविधि गर्नु हो। बहुप्रदेश नभए थाकसले आन्दोलन गर्ने चेतावनी दिएको लेखीले थरुहट आन्दोलन र थरुहट सहिद, घाइते र मुद्दा खेपिरहेका थरुहट योद्धाबारे कुनै चासो दिएको छैन। बरु उल्टै तिनीहरुको भावना विपरित बाटो थाकसलाई हिँडाउँदैछन्।
प्रश्न त यहाँ उठ्छ- थरुहट आन्दोलनको सम्झौतामा रातारात हस्ताक्षर गर्न पुगेका राजकुमार लेखी कहाँ हराए? जो आन्दोलनको विपक्षमा बोलेर हिँडेपनि हस्ताक्षर गर्न पुगेका थिए।
आज ती आन्दोलनकारीको पीडितको घाउमा किन मह्लम लगाउन आएन। लक्ष्मण थारु कहाँ हराए? अझ एमाले कांग्रेसका थारु नेता त सरकारमा मस्ती गरिरहेका छन्। कयौं नेता जन्म दिएका थरुहट आन्दोलनले तिनीहरुलाई सभासदको पनि जागिर दिएको छ। थरुहट आन्दोलन चर्काउने अधिकांश नेताहरुको सन्तान विदेशमा पढिरहेका छन्। तर आन्दोलनका मुद्दा खेपिरहेका थारु विद्यार्थीहरु, थरुहट शहिदको परिवार, थारु युवा, थरुहट आन्दोलनमा घाइतेहरुको भविष्य कसले हेरिदिने?
लेखक थारु विद्यार्थी समाजमा आबद्ध छन्।
भाईको बिचारमा म सय प्रतिशत सहमत छु । जो अगुवा उही बाटो हगुवा उखान चरितार्थ भएकोले नै समुदाय अहिलेसम्म दुःख पाइरहेको छ ।
yo kunai ek byakti athwaa kehi byakti sang matra sambandhit chhain. yo tharuhut aandolan ko saiddhantik dhar sang pani sambandhit hunule empirical line kaa rajkumaar lekhi athwaa laxman tharu sankat behore sankat bat ahile kai buddhile mukti milne sthiti chhain kin ki saiddhantik dhar ahile pani clear bhaeko paidain. jun jagmaa tharuhut aandolan uthyo teha emotions ko matra thiyo. jas lai neta maane uniharu empirical arthat byabaharbadi matra bhae.tar netamaa theoritical ra phylosophical gyaan pani chahine kuro tungo lagaaen. tesaiko asar hune tee sankat jun ulekh gareko dekhinchh.
we are being victim of divide and rule. And we are really confused on our common agenda as well. So, Tharuhat Leaders are disappearing from mainstream movement of politics.
this article tells us the truth of tharu movement .