मधेसी दलले संविधानसभामै मस्यौदा च्याते

Drafe

संघीय समाजवादी फोरम नेपालसहितका मधेसवादी दलहरुले संविधानसभाभित्र नयाँ संविधानको एकीकृत मस्यौदा च्यातेका छन्। मंगलबार बसेको संविधानसभा बैठकमा सविधानसभाको बैठकमा सभापति कृष्ण सिटौलाले एकीकृत मस्यौदा टेबल गरेका थिए। सिटौलाले मस्यौदा पेश गरेलगतै नाराबाजी गर्दै फोरम नेपाल, तमलोपा लगायतका दलका सभासदहरु रोष्टम घेराउ गर्न पुगे। राप्रपा नेपालका सभासदहरुले पनि विरोध गर्दै नाराबाजी गरेका थिए।

नाराबाजीका क्रममा फोरम नेपाल, तमलोपा लगागतका दलका सभासदहरुले मस्यौदाको प्रति च्यातेका छन्। उनीहरु नाराबाजी गर्दै बाहिरिएका छन्।

नयाँ संविधानको मस्यौदा यहाँ पढ्नुस्: नयाँ संविधानको मस्यौदा

Leave a Reply

Your email address will not be published.