सभासद् चौधरी भन्छन्- ‘पिटाइ अजय चौरसियाले खाएको हो, मैले होइन’

Surendra Chaudharyनेपाली कांग्रेस पर्साका सभापति एवं सभासद सुरेन्द्रप्रसाद चौधरीले आफू नभइ अजय चौरसियाले कुटाइ खाएको बताएका छन्। सञ्चारमाध्यममा आफूले पिटाइ खाएको समाचार प्रकाशित भएपछि थारुवानसँग कुरा गर्दै चौधरीले उक्त समाचारको खण्डन गर्दै चौरसियाले पिटाइ खाएको दाबी गरेका छन्।

आइतबार बेको जिल्ला कार्यसमिति बैठकमा उनी कुटिएको समाचार विभिन्न अनलाइनमा प्रकाशित भएको थियो। बैठकमा विवाद चर्किएर उग्र रुप लिएपछि कुटाकुट भएको स्विकारे।

पर्सा क्षेत्र नमबर ४ को सदस्यता वितरण र पार्टीको आन्तरिक काम कारबाहीबारे छानबिनको प्रस्ताव पेस भएपछि चर्काचर्की भएको बुझिएको छ।

कांग्रेस केन्द्रीय सदस्य चौरसियाले छानबिनको पक्षमा बोलेपछि पर्सा क्षेत्र नमबर ४ का सभापति श्रीकुशुन चौहनाले बादबिवाद गरेका थिए।

Leave a Reply

Your email address will not be published.