पूर्वमन्त्री एवं पर्साका सभासद् सुरेन्द्र चौधरी कुटिए

Surendra Chaudharyनेपाली कांग्रेस पर्साका सभापति एवं सभासद सुरेन्द्रप्रसाद चौधरी जिल्ला कार्यसमितिको बैठकमा कुटिएका छन्। बैठकमा भएको छलफलमा विवाद चर्किएपछि उग्र बनेका चौधरी कुटिएको बैठकका सहभागीहरुले बताएका छन्। उनीहरुका अनुसार पर्सा क्षेत्र नमबर ४ को सदस्यता वितरण र पार्टीको आन्तरिक काम कारबाहीबारे छानबिनको प्रस्ताव पेस भएपछि चर्काचर्की सुरु भएको थियो।

बैठकमा आमन्त्रित कांग्रेस केन्द्रीय सदस्य अजय चौरसियाले छानबिनको पक्षमा बोलेपछि पर्सा क्षेत्र नमबर ४ का सभापति श्रीकुशुन चौहनाले बादबिवाद गरेका थिए। सोही क्षेत्रबाट निर्वाचित चौधरीले चौहानको पक्ष लिँदै चौरसियालाई धक्का दिन खोजेपछि जिल्ला कार्य समितिका सदस्यहरुबाट उनी कुटिएको बैठकमा सहभागी जिल्ला समिति सदस्य नवीन सिंहले बताए।

सदस्यता लगायतका विवाद छिनोफानो गर्न बसेको बैठकमा कुटाकुट सुरु भएपछि केन्द्रीय पर्यवेक्षक फर्मुला मन्सुर बैठकबाट निस्केर हिँडेका थिए। घट्नाले आफूहरु स्तब्ध भएको पर्सा कांग्रेसका नेता जिल्ला विकास मितिका पूर्वसभापति जनार्दन सिंह क्षेत्रीले प्रतिक्रिया दिए। चौधरी पूर्व मन्त्रीसमेत हुन्।

One thought on “पूर्वमन्त्री एवं पर्साका सभासद् सुरेन्द्र चौधरी कुटिए

Leave a Reply

Your email address will not be published.