२२ सेकेन्डअघि भूकम्पको ‘वार्निङ’

earthquakeनेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले भूकम्प आउनुभन्दा १० देखि २२ सेकण्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ। चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजनिक ठाउँमा साइरन प्रयोग गरिने बताइएको छ।
नास्टले बिहीबार खुमलटार कार्यालयमा मुख्य सिष्टम जडान गरेको छ। नास्टका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलका अनुसार भूकम्प आउनुअघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलो पटक ल्याइएको हो।

‘सुरुमा चिनियाँ सहयोगका ८० सेन्सर राखेर काम सुरु हुनेछ, देशभर राख्न ३२० सेन्सर चाहिन्छ, जुन नास्टले नै किन्नुपर्नेछ,’ उनले भने।

चीनको इन्स्टिच्युट अफ केयर लाइफ (आइसीएल) सिचुवानले नास्टलाई यो प्रविधि र उपकरण प्रदान गरेको हो। भूकम्पको केन्द्रविन्दु जति नजिक हुन्छ, सेन्सरले त्यति छिटो जानकारी पठाउँछ। नेपालका विभिन्न क्षेत्र पहिचान गरेर सेन्सर जडान गरिने पोखरेलले बताए।

भूकम्प गइरहने मुलुकहरु जापान, मेक्सिकोले ७ सेकेण्डदेखि १ मिनेटअघिसम्म ‘अर्लि वार्निङ सिष्टम’ सञ्चालनमा ल्याएका छन्।

Leave a Reply

Your email address will not be published.