चार दलबीच भएकोे सहमतिविरुद्ध विपक्षी मोर्चा

संविधान निर्माणमा प्रमुख दलहरुबीच भएको निर्णायक सहमति स्विकार नगर्ने एमाओवादी नेतृत्वको विपक्षी मोर्चाका नेताहरुले बताएका छन्। दलहरुबीच सोमबार विहान भएको सहमतिबारे जानकारी गराउन एमाओवादी अध्यक्ष एवं मोर्चा संयोजक पुष्पकमल दाहालले बोलाएको बैठकमा अधिकांश नेताहरुले नामाकंन र सिमाकंनविनाको संघीयता कुनैपनि हालतमा स्विकार नगर्ने नेताहरुले बताएका हुन। एमाओवादी संसदीय दलको कार्यलय सिंहदरबामा जारी बैठकमा बोल्ने अधिकांश नेताले प्रदेशको नामाकंन र सिमाकंनको जिम्मा ‘कठपुलती आयोग’ लाई दिने कुरा मान्य नहुने बताएका हुन्।

बैठकमा सहभागी नेता गोपाल दहितका अनुसार मोर्चा संयोजक दाहालले सोमबार विहान दलहरुबीच भएको भनिएको सहमतिबारे जानकारी गराएका थिए। दाहालले चार दलबीच भएको सहमति अन्तिम नभएको भन्दै मोर्चाको निर्णयका आधारमा अघि बढ्ने बताएका थिए। ‘त्यो सहमति नै अन्तिम होइन,’ दाहालको भनाइ उद्धृत गर्दै दहितले भने,’आठ प्रदेश बनाउने कुरामा कांग्रेस–एमालेभित्रै विवाद छ। हाम्रो मोर्चाले पनि निर्णय गरेको छैन।’ दाहालको बिफ्रिङपछि बोल्ने अधिकांश नेताले उक्त सहमति आफूहरुलाई मान्य नहुने बताएका थिए।

Gopal Dahit

संघीय समाजवादीका अध्यक्ष अशोक राई, मधेसी दलका नेतालगायत अधिकांश नेताले नामाकंन र सिमाकंनविनाको संघीयता कुनैपनि हालतमा स्विकार नहुने बताएका छन्।प्रमुख चार राजनीतिक दलबीच सोमबार विहान आठ प्रदेश बनाउने सहमति भएको नेताहरुले बताएका थिए। बैठकले प्रदेशको सिमाकंनको जिम्मा संघीय आयोग र नाकाकंनको जिम्मा प्रदेशसभालाई दिने सहमति गरेका थिए। माेर्चाकाे बैठक अहिले सिंहदरबारमा जारी छ ।

Leave a Reply

Your email address will not be published.