काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिका केन्द्रीय सदस्य लक्ष्मण थारु पाल ठगी अभियोगमा पक्राउ परेका छन्। पाल ल्याइदिन्छु भन्दै उनले शेर्पा संघबाट ३० लाख रुपैयाँ बुझेका थिए। तर पाल आपूर्ति नगरी उनी फरार भएपछि संघले प्रहरीमा उजुरी गरेको थियो। गौशला प्रहरीले थारुलाई शुक्रबार उनलाई पक्राउ गरेको थियो।
‘भूकम्प पीडितका लागि पाल ल्याइदिन्छु भन्दै ३० लाख (१३ लाख नगद र १७ लाख चेक) लिएको उजुरी शेर्पा संघले गरेको थियो,’ महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी राकेश सिंहले भने, ‘एक हप्तामा ल्यादिन्छु भनेपनि लामो समयसम्म नल्याएको बुझिएपछि पक्राउ गरिएको हो।’
प्रहरीले थारुविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको छ।
मैले कुनै ठगी गरेको छैन
नेपाल शेर्पा संघले २०6२/०१/२६ गते त्रिपालको लागि ३० लाख लिएकै हो तर भारतमा ठूलो हावाहुन्डरी (आधितुफान) आएकोले ढिलो २०७२ /०२/०९ गते काठमाडौ पुगेको हो । २०6२/०२/१० गते नै मेरो र संघ बीच लेनदेनको फाइनल हिसाबकिताब भैसकको हो। यस विषयमा शंका छ भने नेपाल शेर्पा संघको अध्यक्ष श्री आङदोर्जे शेर्पा को मोबाइल नं.९८५१०४७०५७ मा सम्पर्क गर्न सक्नु हुन्छ ।
साभार : लक्ष्मण थारु फेसबुकबाट
faceb००k: Laxman Tharu
कतै बदनाम गर्न लाई त हैन?षडयन्त्रको बदबु पनि आउदै छ ! सत्य तथ्य नबुझी भ्रामक सामाचार सम्प्रेषण त भइरहेको छैन???