राजकुमार लेखी र धनिराम चौधरीलाई खुल्ला पत्र

Sanjay Chaudharyसंजय थारु– थारू विधार्थी समाजले थारु कल्याणकारणी सभाको भातृ संगठनकारुपमा बस्न नमानेपछि राजकुमार लेखी भन्नुहुन्छ, ‘थाविस त अरुको पिछलग्गु भएछ, गल्लीमा पनि खोजेर भेटिन्न। हामी भन्छौं, ‘हामीलाई खोज्न गल्लीमा किन जानुभएको? कतै तपाईँको बास गल्लीमा त छैन। हामीलाई कलेज तथा विश्वविद्यालयमा खोज्नुभए भेट्नुहुन्छ। जोश र जागर भएका युवा विद्यार्थीको मनमा भेट्न सक्नुहुन्छ। यो कुनै गल्लीमा खोलिएको संगठन होइन।

तपाईँ ब्यक्तिगतरुपमा थरुहट आन्दोलन, थारु आन्दोलन र आदिवासी पहिचानवादीको आन्दोलनलाई विरोध गर्नुहुन्छ। आबद्ध संघ-संगठनका कार्यसमितिलाई पनि सकेसम्म विरोधमा उतार्नुहुन्छ। कतै यी अर्डर हाइकमान्डबाट आएको त होइन? नत्र भने हरेक आन्दोलनका बेला तपाईँले मात्र किन खलनायक बन्नुहुन्छ?

सबै जना एक भएर पहिचान र अधिकारको आन्दोलन गरिरहँदा तपाईँ मिडियाबाट विरोध किन जनाउनुहुन्छ? त्यसबेला ओली, बामदेब, उमाकान्त आदिको अर्डर आउँछन् कि? किनकि यी सबै तपाईँका अग्रज त हो नि! यिनकै कृपाले आदिवासी जनजाति महासंघको अध्यक्ष हुनुभएकै हो।

आजकल तपाईंको मित्र कुमाल र भोटे पेम्बाको खुब बचाउ गरनुहुन्छ। अल्प सङ्ख्याका जनजाति महासंघमा आएपछि अरुले पचाउन सकेन भनेर। तर हेक्का रहोस् तिनीहरु महासंघमा आएपछि मात्रै कांग्रेस-एमालेका सभासद् बनेका छन्। त्यसो हो भने उनीहरु किन अरुको पिछलग्गु भएर सभासद् पद खान गएको? केही जवाफ दिन सक्नुहुन्छ?

स्पष्ट कुरा के हो भने उनीहरु पनि हाइ कमान्ड अर्थात् कोइराला, देउवा, ओली र बामदेवका अर्डर फलो गर्छन्। दुःखको कुरा यो हो कि थाकसले सभासद पद पाउन सकेको छैन। कतै त्यसकै पर्खाइमा त छैन थाकस?

तपाईँ सम्मिलित थासको केन्द्रीय समितिको गतिविधिप्रति जिल्लाले त खुलेरै आक्रोश पोखेका छन्। थारु कल्याणकारिणी सभा (थाकस)को राष्ट्रिय भेलामा चितवनका सभापति विश्राम महतोले, ‘अब थारुहरु राजकुमार लेखी र धनिराम चौधरीको मुख ताकेर नबस्ने बताएका थिए। सबैजना लेखी र धनिराम चौधरी भइसकेको बताउँदै अब उनीहरुको मुख ताकेर नबस्ने’ भनेकै हो।

थरुहट आन्दोलनताका थरुहटविरोधी भ्रम फैलाएपछि थारु युवाहरू तपाईंलाई धारणा स्पष्ट पार्न जाँदा सबैलाई बामदेब बाबा (तत्कालीन गृहमन्त्री)को सहयोगले अपहरण मुद्दा लगाउनुभएको हैन? अहिले फेरि गृहमन्त्री उही बामदेव हुँदा तपाईँले पहिचानवादी युवा दस्तालाई मुन्द्रे, गुन्डा भन्दै आरोप लगाउँदै च्यालेन्ज दिने? थाकसलाई कसको पिछलग्गु बनाउनुभएको छ, त्यो त स्पष्ट देखिँदैछ।

Dhaniram Chaudhary And Rajkumar Lekhi

थाकस अध्यक्ष धनिराम चौधरी भन्नुहुन्छ- थाविस त १०-१५ हजार जसले दियो उसकै पछि लाग्छ।

तपाईँकै शब्द सापटी लिएर भन्नुपर्दा त अध्यक्षज्यू तपाईँ झन् करोडौंमा बिक्नुहुन्छ होला। हामी त हजारौंमा बिक्ने न पर्यौं। तर यथार्थ कुरा गर्ने हो भने अध्यक्ष महोदयलाई च्यालेन्जका साथ लेखेर दिन सक्छु कि धनिराम चौधरी त के अर्बौ पैसा तिरेर पनि कसैले थाविसलाई किन्न सक्दैन।

थाकसको भातृ संगठन विस्तार गर्दा थारु विधार्थी सभाको पनि चर्चा चलेकै हो। के कारणले थारु विद्यार्थी सभा गठन भएन? कारण तपाईँहरुलाई नै थाहा होला तर लेखीज्युको शब्द सापटी लिएर भन्नुपर्दा थाविस पनि आफ्नो गरिमयता, गौरवशालिता इतिहास तयागेर कसैको पछि लागनेछैन। यो कुराचाहिँ हामी लेखीबाटै सिकेको बुझनुहोला।

एक जना केन्द्रीय सदस्य पदको लोभ देखाउनुभएको छ। तर मेरो विचारमा थारुको पहिचान र अधिकारका लागि लड्न कुनै संघसंस्थाको जरुरी पर्दैन। राजनीतिक पार्टीको पछि समाजिक संघसंस्थालाई लगाउने कार्यको विरोध म पनि गर्छु।

थाविसमात्र नभएर सबै थारु संघसंस्था आर्थिक रुपले कमजोर छन्। संघसस्था चलाउन सबैको सहयोग लिन्छौं, सबैलाई सम्मान गर्छौं। यसको मतलब यो हैन कि जसले सहयोग गर्छौ उसैसित बिकेका छौं। यदि सहयोग लिँदैमा विकेका हौं भने यो प्रश्न पनि उठ्छ कि थाकसचाहिँ कहाँ विकेका छन्?

हिजो एउटा सानो कार्यक्रम गर्न आर्थिक अभाव देखाउने थाकस आज जिल्ला जिल्लामा बस नै भाडामा लिएर कयौं दिनसम्मका लागि निस्कन्छ। काहाँ विकेका छन् थाकस कि यति लगानी धनिराम अध्यक्ष हुनेबितिकै भित्र्याउन सफल भए? लेखी र धनिरामको सधैं आफ्नो घरबाट थाकस चल्दैन। कतैबाट आएको सहयोगलाई हामी थाकस बिक्री भइसकेको बुझनुपर्ने धनिरामज्युको भनाइले नै देखाउँछ।

अन्त्यमा थारु विद्यार्थी समाज गौरवशाली इतिहास बोकेको थारु समाजिक संगठन हो। यहाँ सबै किसिमका विचार बोकेके थारु युवा विद्यार्थी आबद्ध छन्। यस संस्थाको महाधिवेशन स्थगित भएको मौका पारेर अनावश्यक टिप्पणी गर्नु सुहाउँदैन।

तपाईँहरु हाम्रो अग्रज हुनुहुन्छ। हामीले बेलाबेलामा सल्लाह र सुझाव आलोचनाको रुपमा गर्छौं। यसको मतलब हामी कसैको पछाडि लागेर र कसैसँग बिकेर गएको हैन। तपाईँहरु थारुको पहिचान थरुहट र अधिकारलाई एकसाथ लिएर हिँड्नुस्। तपाईँको साथ हिँडेर समर्थन गर्छौं तर एकहोरो बिना आधारको बहुप्रदेश शब्द बोकेर थारु समुदायलाई भ्रममा नपार्नुस्।

अधिकारको कुरा गरेर पहिचानलाई भ्रममा नपारिकन अधिकारसहितको पहिचानका लागि आवाज अगामी दिनमा उठाएको थाकसबाट थाविस र सम्पूर्ण थारु समुदाय चाहन्छन्।

लेखक थारु विधार्थी समाजसँग आबद्ध छन्।

5 thoughts on “राजकुमार लेखी र धनिराम चौधरीलाई खुल्ला पत्र

  1. थाविस र थाकस आदि इत्यादी नाम जेसुकै भएपनि यी दुइतै संस्थामा LEADERSHIP को अभाव छ। र यो हाम्रो थारु समाजको बिडम्बना नै छ। पढेलेखेका र सक्षम हरु अगाडी बढ्दैनन। ऐले सम्म महाधिबेसन गराउन नसक्नु थाविस को असमर्थता हो। र थाकस ले ऐले सम्म केहि पनि गर्न नसक्नु एसको असमर्थता हो। आशा छ चाडै नै A LEADERSHIP BUILD UP हुन्छ भनेर हामी पर्खिदै छौ।

  2. Thanks sanjayji, your article is absolutely right and I support you ! Since Tharu welfare society run under Mr.Lekhi’s suggest, everything ruined, Tha.ka.sa.is running in his sungle decision and his decision comes from hidden high command. I know he does nothing, he messed up Tharu revolution and thatharuhat.His only purposes is to be CA member or minister by climbing over Tha. Ka. Sa., that’s it

  3. ekdum jyaj kuro.afno aangan ko bhaisi naherne arka ko aangan ko jumra herne lekhi prabirti.yo lekhle lekhijyu lai kehi ta sikayehola.

  4. सञ्जय को केही तर्क मा मेरो रिजर्भेसन छ। बिद्यार्थी को योगदान कसैसँग दाजेर हुँदैन। अहिले रीजल्ट आ ई सकेको स्थीती होइन। अर्थात जीत भएको स्थीती होइन। कस्ले कती योग्दान दिन सक्छ ? अब हेर्न बाँकी छ । तेसैले थारु बिद्यार्थी समाज आउने दिनमा अझ बढी स्पश्ट हुनुपर्छ र ईतिहासको बिश्लेशन गरी भबिश्यको सन्सलेशन गर्न सके आउने दिनमा थारु विद्यार्थी समाज मौलिक कार्यक्रम दिन सक्छ। यस्ले राज कुमार लेखी को टाउको दुखे दुखोस्। धनीराम सँग झन किन तर्सिनु ? थाकसमा उनिहरु पाँच बर्ष बस्छन र भाग्य अज्माउनेछन बस।

Leave a Reply

Your email address will not be published.