सुर्खेत- थारु संग्रहालय तथा ठन्वा निर्माण गर्नका लागि जग्गा व्यवस्थापन विषयक कार्यक्रम वीरेन्द्रनगर नगरपालिका वडा नं १७ कालीमाटीमा सम्पन्न भएको छ। वीरेन्द्रनगर १३ देखि १७ वडाको संयुक्त वडा कार्यालयका सचिव देवप्रसाद मुलेलको प्रमुख आतिथ्यतामा कालिमाटीमा रहेको सार्वजनिक जमिन करिब ०–३–½ जग्गा थारु कल्याण कारिणी सभा, सुर्खेतको नाममा दर्ता हुने गरी विशेष भेलामा गाउँले हस्तान्तरण गरेका हुन्।
लाटिकोइली ६क नक्सा अन्तर्गत कि.न. ६३ मा रहेको गाउँ ब्लक मध्ये हाल निर्मित बालबिकास भवनदेखि पूर्व, गाउँको सडकदेखि दक्षिण भागमा रहेको सार्वजनिक जमिन थारु कल्याण कारिणी सभा सुर्खेतलाई थारु संग्रहालय तथा ठन्वा निर्माणको लागि राजनैतिक दलका प्रतिनिधि, स्थानीय समाजसवी तथा संयुक्त वडाका सचिवको उपस्थितिमा गाउँलेहरुले संस्थालाई सर्वसहमतमा हस्तान्तरण गरेको हुन्।
विगत दुई वर्ष अघिदेखि थारु संग्रहालय तथा ठन्वा निर्माणका लागि जमिन नभएपछि काम अघि बढ्न सकेको थिएन। थारु कल्याण कारिणी सभाका केन्द्रीय पार्षद मान बहादुर चौधरी ‘पन्ना’को पहल तथा समन्वयमा गाउँलेले संग्रहालयका लागि सो जमिन दिन तयार भएपछि कार्यक्रम मार्फत स्वामित्व प्रदान गरिएको हो।
सुर्खेत उपत्यकाका मुल आदिवासी थारुहरुको भेषभुषा,चालचलन, वस्तु, गरगहना लगायत सिंगो जातीय पहिचान नै धरापमा पर्न थालेपछि थारु अगुवाहरु जुर्मुराएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि तथा संयुक्त वडा कार्यालयका सचिव देव प्रसाद मुलेलले थारुहरुको संग्रहालय तथा ठन्वा निर्माणका लागि गाउँले जग्गा प्रदान गरेकोमा प्रशंसा गरे। सार्वजनिक रुपमा रहेको जग्गा दर्ताका लागि आवश्यक पहल गर्नु पर्नेमा तल्काल संस्था लाग्नु पर्नेमा जोड दिए। त्यसका लागि आफ्नो निकायबाट पूर्ण सहयोग रहने बताउनु भयो। संग्रहालय निर्माणले थारुहरुको पहिचान मात्र नभई जिल्लामै पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई मूर्तरुप दिन नगरपालिकाबाट गर्नुपर्ने सहयोगका लागि आफु तयार रहेको बताए। कार्यक्रमका विशेष अतिथि समाजसेवी ज्ञानबहादुर जिसीले थारुहरुको संस्कृति भेषभुषा पहिचान लोप हुँदै गइरहेकोले थारु अगुवाहरुको यस कार्यले महत्वपूर्ण भूमिका खेल्ने बताए। नेकपा एमालेका जिल्ला उपाध्यक्ष अमृत विसीले थारुहरुको अभियानलाई सबै पक्षबाट सहयोग गरेमा मात्र सफल हुने भएकोले जिल्लाका सबै बुद्धिजीबी, व्यापारी, राजनीतिक दल, सबैले साथ दिनुपर्नेमा जोड दिए।
स्थानीय समाजसेवी तथा बुद्धिजीवि युद्धबहादुर कार्कीले सबै जातजातिको उत्थानका लागि एकअर्काका सहयोगी हुनपर्ने बताए। थारु जाति हामै्र दाजुभाइ हुन्। उनीहरुको संस्कृति पनि नेपालकै संस्कृति हो। त्यसैले सार्वजनिक जग्गाको साँधमा रहेको आफ्नो जग्गाबाट संग्रहालयको लागि ०–०–५ (पाँच ) धुर जग्गा दिने बचनबद्धता समेत व्यक्त गरे।
राप्रपा नेपालका जिल्ला अध्यक्ष मान बहादुर खडकाले थारुहरुको उत्थान र हितका लागि चिल्ला कुराले नहुने भएकोले यसका लागि आर्थिक, भौतिक र बौद्धिक सबै खालको सहयोग हुनपर्ने बताए। राप्रपा नेपालको जिविसअनतर्गतको सभासद कोषबाट थारु संग्रहालय तथ ठन्वा निर्माणका लागि दुई लाख पचास हजार दिन लागेको कुरा जानकारी दिए।
सुर्खेतका वरिष्ठ अधिवक्ता भुषण कुमार मानन्धरले आफु थारु गाउँमे जन्मेको हुर्केकोले यस जातिको संस्कृति बचाउन जस्तोसुकै सहयोग गर्ने बताए। पर्यटकीय स्थल क्राक्रेबिहारकै पेरिफेरिमा लाकिोइलीको कालिमाटिमा थारु संग्रहालयका लागि उपलव्ध जग्गाले पर्यटक क्षेत्रमा थप इटा थपिएको बताए। कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि गणेश वली, एकिकृत नेकपा एमालेका प्रतिनिधि यामराज मल्ल, समाजसेवी तथा वुद्धिजीवि विद्याभुषण मानन्धर, वीरेन्द्रनगर वडा नं. १७ का नागरिक मञ्चका संयोजक सुरेश कुमार मानन्धर, थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद भागिराम थारु, थारु अगुवा जागुराम थारु, स्थानीय समाजसेवी राजु थापा, लगायतका वक्ताहरुले थारु संग्रहालय तथा ठन्वा निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो। कार्यक्रम थारु कल्याणकारिणी सभा सुर्खेतका अध्यक्ष कृष्ण बहादुर थारुको सभापतित्वमा सम्पन्न भएको थियो।
bahut khushi lagal.
aarthik , bhoutik ra bouddik. yi tin kura binako sahyog bastav ma nam matrai ko ho
ek damai ramro kura sunna payau.mero ke sallah xa vane naya sanrachana haru tatha naya sangrahalay ta banaunu parxa tara tesko bebasthapan, prachar prasar jasta kura haru lae dridh rupmai bebasthit garera matri sanchalanma lyanuparxa..natra kei faida hunna