फर्स्ट रनरअप भइन् पूजा चौधरी

Puja Chaudhary 05

रिवन इन्टरटेनमेन्टद्वारा आयोजित ‘नेपाल्स कलेज डिभा अफ द इयर’मा सजुम कटुवाल विजेता बनेकी छन्। राजधानीको राष्ट्रिय नाचघरमा भएको फाइनल भिडन्तमा उपाधि जितेर चोभारकी कटुवालले बिबिए र एयर होस्टेजको तालिमका लागि छात्रवृत्ति पाएकी छन्।

Puja Chaudhary 06

प्रतियोगितामा पूजा चौधरी फस्ट, पायल कौर सेकेन्ड, रञ्जीता कार्की थर्ड र सबनम शाक्य फोर्थ रनरअप भए। सजुमले मिस फोटोजेनिक, पूजाले मस्ट पपुलर, पायलले बेस्ट पर्सनालिटी र बेस्ट आर्टवक तथा रञ्जीताले बेस्ट स्माइल र सबनमले बेस्ट स्किन टाइटल जिते।

Puja Chaudhary 07

Puja Chaudhary 01

गीत संगीत र नृत्यसमेत प्रस्तुत गरिएको कार्यक्रममा नवीना श्रेष्ठ मिस ट्यालेन्ट र मिस क्याटवाक, अर्चना दंगाल बेस्ट हेयर, समीक्षा सापकोटा मिस फेसन आइकन र फेसबुक च्वाइस, एन्जिला थापा बेस्ट फिजिक, श्रेया शाक्य मिस कन्जिनालिटी, श्वेच्छा खत्री मस्ट डिसिप्लेन, अस्मिता जिरेल मस्ट फ्रेन्ड्ली भएका छन्।

Puja Chaudhary 03

विभिन्न कलेजमा अध्ययनरत् १७ किशोरीबीचको प्रतिस्पर्धामा उर्जा कार्की बेस्ट स्पिच, रिया तिम्सिना ब्युटी विथ परपोज, अञ्जु ज्ञवाली मस्ट चार्मिङ, निश्चला खड्का बेस्ट फिट्नेस छानिएका थिए।

Puja Chaudhary 04

अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा सुरेन्द्रमान प्रधान, अनिता प्रधान, नाजिर हुसेन, सुबोध गुरुङ, सरोज प्याकुरेल, सुमितप्रताप जबरा निर्णायक रहेका थिए। कार्यक्रममा भरत समरी र सुनिलसिंह ठकुरीले गीत संगीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए भने विजय विष्ट र मेघना मगरले नृत्य प्रस्तुत गरेका थिए।

Puja Chaudhary 02

 

Leave a Reply

Your email address will not be published.