एक मधेस एक स्वायत्त प्रदेशको मागसहित विहारका सांसदले लेखे मोदीलाई पत्र

pappu

भारतीय लोकसभाका सांसद पप्पु यादव (राजेश रञ्जन)ले मधेसको समस्या तथा मधेसमा आन्दोलन गर्दै आएका मातृका यादव नेतृ्त्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिखित जानकारी गराएका छन्। नेपालमा मधेसी उत्पीडनको सम्बन्धमा आजै प्रधानमन्त्री मोदीलाई बुझाएको पत्रमा पहाडी शासकद्वारा मधेस र मधेसी शोषित भएको उल्लेख गर्दै त्यसको समाधानका लागि पहल गर्न प्रधानमन्त्री मोदीलाई आग्रह गरिएको छ।

सांसद यादवले मधेशमा आत्मनिर्णयको अधिकारसहित एक मधेस एक स्वायत्त प्रदेश हुनुपर्ने उल्लेख गर्दै नेपाल राज्यको हरेक निकायमा मधेशीको समानुपातिक समावेशी प्रतिनिधत्वको मागसमेत गरेका छन्। मधेस हरेक प्रकारले सम्पन्न र आत्मनिर्भर थियो तर आज त्यही पहाडी शासकद्वारा गरिएको बर्बर, उपेक्षा, उत्पीडन, विभेद र दमनका कारण मधेस बर्बाद भइरहेको पत्रमा भनिएको छ।

‘मधेसी विभेदमा पर्नुको एउटै कारण हो, मधेसीहरु भारतीयजस्तो देखिनु,’ सांसद पप्पु यादवले आफ्नो पत्रमा मधेसीको रहनसहन, भाषा, संस्कृति, अनुहार भारतीयजस्तो भएका कारण उनीहरु पहाडी शासकबाट शोषित भएको उल्लेख गरेका छन्। मधेसको समस्या मधेसको मात्र नभएर राष्ट्रको समस्या भएको उल्लेख गर्दै नेपालमा बन्न लागेको सविधानमा पनि मधेसीको अधिकार सुनिश्चित नहुने दाबी उनले सविधानमा मधेसीको अधिकार सुनिश्चित नभए देशमा द्वन्द्व कायम रहनेसमेत सचेत गराएका छन्। उनले मधेसी र पहाडीबीचको विभेद् समाप्त भए यसले भारतलाई पनि फाइदा हुने जिकिर गरेका छन्।

मधेसको समस्याबाट प्रधानमन्त्री मोदी अनभिज्ञ नरहेको कुरा पनि उनले आफ्नो पत्रमा उल्लेख गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई बुझाएको पत्रको साथमा मातृका यादव संयोजक रहेको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको अपिल पनि पेस गरेका छन्। भारतीय जनता दलका सांसद यादव भारत विहार मधेपुराबाट लगातार ५ वर्षदेखि लोकसभामा जित्दै आएका छन्। उनले यसपटक शरद यादवलाई हराएका छन्।

-रातोपाटीबाट साभार

8 thoughts on “एक मधेस एक स्वायत्त प्रदेशको मागसहित विहारका सांसदले लेखे मोदीलाई पत्र

  1. नेपालको तराई भूभाग भारतको बिहारमा विलय गर्ने चलखेल हो। सम्पूर्ण बिहारी एक विहार हुन सकेन। फलतः विहार झारखण्ड र युपिमा बाडिए। अब यी बिहारीले नेपालको थरुहट तराईलाई बिहारमा राखेर कसरि मधेस बनाउने सोच पालेका हुन्? त्यसै यिनिहरुलाई बिजया भनेका होइनन् हाम्रा पुर्खाहरुले।

  2. aba nepalma jajiya andholan hunxa tyo bela matra thaha hunxa kasle kasari ani kati Daman garchha bhanne kura chai bt biharile nepalko rajnitik hastachhep garnu chai alik dherai bhayo jasto lagxa.

  3. Better is that these Indian guys do their own business and make their out country more inclusive, corruption free and safe home for girls and women. They can’t see the mess in their own home but peen into the neighbour’s house with mal-intention. Is H.E. Modi also of same type? I hope not? He will concentrate on his own home rather than squeaking into neighbour’s window.

  4. Nepal ma bhae raheko danga indian neta ko hastachhep ko result ho
    Jab samm ma madhesi, ma pahadi, ma himali chhader ma Nepali bhanne bhawana audain tab samm hamro ani hamro desok bhalo hu dain

Leave a Reply

Your email address will not be published. Required fields are marked *