थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेला आजदेखि

Thakasaथारु कल्याणकारिणी सभाको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ। राजधानीमा हुने दुई दिने भेलामा केन्द्रीय समिति सदस्य, केन्द्रीय सल्लाहकार, केन्द्रीय पार्षद, काठमाडौं उपत्यका समिति, जिल्ला कार्यसमिति, थारु महिला सभा र थारु युवा सभाका एक सय बढी प्रतिनिधि उपस्थित हुने सभाले जनाएको छ।

सभाका केन्द्रीय सदस्य राजकुमार लेखीले चार पार्टीका शीर्ष नेताहरुविरुद्ध भण्डाफोर अभियान चलाउने उद्देश्यले राष्ट्रिय भेला बोलाएको बताए। तराईमा बहुप्रदेश, थारुहरुको हकअधिकार, थारु समुदायमा भएको दासी प्रथा कमैया कमलरीको पुनःस्थापनालगायतका विषयमा छलफल र सझा एजेन्डा बनाउने उद्देश्यले राष्ट्रिय भेला बोलाएको उनले प्रस्ट्याए। ‘तत्कालीन थारु संघर्ष समितिले २०६३ सालमै तराईमा बहुप्रदेशको अवधारणा ल्याएको थियो,’ उनले भने, ‘तराईमा जनसंख्याको हिसाबले पनि पहाड बराबर भएकोले सभाले बहुप्रदेश माग गरेको हो।’

उनले केही दलालहरुले बहुप्रदेशको अवधारणा छाडेको आरोप लगाए। चार पार्टी (कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी)का पिछलग्गुहरुले थारु र जनजातिको आन्दोलन दबाउन खोजेको आरोप समेत उनले लगाए। यही कारणले चार पार्टीका नेताहरुविरुद्ध प्रजातन्त्र दिवसकै दिन पारेर भण्डाफोर अभियान सञ्चालन गर्ने उनले बताए।

तीन महिनाअघि मात्र सभाले केन्द्रीय परिषद्को बैठक बसालेको थियो। लुम्बिनीमा भएको केन्द्रीय परिषद् बैठकले १२ बुँदे घोषणा पत्र जारी गरेको थियो। त्यसअघि झापामा भएको २१औं महाधिवेशनले २१ बुँदे घोषणा पत्र जारी गरेको थियो। दुबै घोषणा पत्रमा तराईमा बहुप्रदेश, थारुलाई मधेसीको सूचीकरणबाट हटाउनुपर्ने, कमैया-कमलरीलाई गास, बास र कपासको व्यवस्था गर्नुपर्ने लगायत माग गरेको थियो।

One thought on “थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेला आजदेखि

  1. tarai ma ek madhesh pradesh hune purna rop le ashambhav 6 r sathai ek tharuhat pradesh pani asambhav nai 6. tasartha taraima bahu pradesh ko abdharna nai thik 6. ra yeuta prasna garna mana lagyo janjaati janjaati van6an tara yesai janjaati haru madhyeka jaati harule tharu haru lai madhesi van6an, ab bhannus tharu janjaati ko pani ta pi6laggu nai ho ni. tapai bhannus ma madhesi hoina tara arule bhan6an timi madhesi ho. yo kast bidambana ho yo desh ma.pa6im ka tharu harule dhoti van6an bhaiya bhan6an purba ka tharu ra madhesi lai tara uniharu pani dhoti nai lagau6an. ra tyai samanti ka pa6i pa6i hid6an. yo kasto bemel ho tharu haru ma?

Leave a Reply

Your email address will not be published.