मनोज थारु- थारूहट कैलाली र कञ्चनपुरसमेत मिलाएर अखण्ड सुदूरपश्चिम प्रदेश घोषणा गरियो भने निकट भविष्यमा अर्को ‘थारूहट/थारूवान’ विद्रोह उठ्छ। यसमा दुई मत नहोला। विगत दिनका खस शासकहरूको अंहकारपूर्ण प्रवृत्ति, शोषक, दमनकारी तथा हेपहा मनोवृत्तिको कारण राज्यपुनसंरचना अन्तर्गत थारू सामुदायको बसोबस, थारू भाषा-संस्कृतिको निरन्तरता र ऐतिहासिक निरन्तरताका आधारमा अब बन्ने थारूवान प्रदेशलाई तोडेर थारू सामुदायलाई उनीहरूकै प्रदेशमा कहिले पनि नेतृत्वमा आउन नदिन, सधैं राज्य सत्ताभन्दा टाँढा राख्न, उनीहरूको भाषा सांस्कृति दबाउन तथा थारू सामुदायको चौतर्फी विकास हुन नदिइ सदैव सामन्ती शासकहरूको कमैया, कमलरी, हलीय, सुकुम्बासी दासझै बनाइरख्न खास शासकहरूको मनसय छ। थारूहरूलाई आफ्नै थात-थलोबाट विस्थापित गर्नका लागि ‘अखण्ड सुदूरपश्चिम’ नाम दिइ उनीहरूको पहिचानलाई मेटाउनको लागि गरिएको एउटा राजनीति हो।
कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिमबाट टुक्र्याएर थारूवनमा रखियो भने पर्टीसमेत छोड्ने अभिव्यक्ति दिएका एकीकृत माओवादीका प्रभावशाली नेता लेखराज भट्टको अभिव्यक्तिबाट स्पष्ट हुन्छ कि एकात्मवादीहरूको सोच थारू सामुदायप्रति कास्तो छ। संघीयताको माला जाप्ने एकात्मकवादीहरूले अखण्ड शब्द प्रयोग गरी थारूहरूलाई खण्डित गरेर उनीहरूलाई आफ्नो हकअधिकारबाट वञ्चित गराउन प्रयासरत छन्।
४१ प्रतिशत बसोबस बसोबस रहेको थारू सामुदायको यी जिल्लालाई उनीहरूको मर्म अनुकूल पहाडमा गाभ्न कतिको उचित होला? देश समग्ररूपमा पहिचानको आधारमा संघीयतामा गइरहेको बेला कैलाली र कञ्चनपुरलाई टुक्र्याएर सुदूरपश्चिममा राख्नु कतिको उपयुक्ता होला?
त्यसैले थारूवानबासी जनताहरूको उन्नति, प्रगति र समन्नुत भाविष्यको निम्ति थारू आग्रज नेताहरू चाहनुहुन्छ भने ठूला नेताहरूको अगडि झुक्नु हुँदैन, पैसाको प्रलोभवनमा पर्नु हुँदैन, कुर्सीको लागि बिक्नु हुँदैन, झोले भएर हिड्नु हुँदैन, तलाबमात्र पकाउनु हुँदैन, कांग्रेस एमालेको माला जाप्नु हुँदैन, अरूको पले भएर बास्नु हुँदैन। यी र यस्ता कुरालाई थाती राखी निस्वार्थ भावले थारूबासीको लागि सोचेमात्र उनीहरू भविष्य उज्याल हुनेछ।
पहिचानसहितको संघीय थारूहट राज्यको लागि केन्द्रीकृत राज्य सत्तालाई सामाप्त पर्दे विकेन्द्रीकृत सत्ता न्यायप्रणाली आदि थारू जनताहरूलाई अनुभूति गरूउनको लागि सबै थारू नेताहरू एक जुट भई थरूहटको लागि लड्न अपरिहर्य छ।
त्यसर्थ लाटाले पापा हेरेझैँ चुप लागेर नबसौं। भनिन्छ मौका आउँछ पर्खँदैन समय आँउछ फर्कँदैन। मौका र समय दुबै हाम्रो मुखमै छन्। त्यसैले जगौं थारूवनबासी हो जगौं गर्ने बेला यही हो। कुम्भकर्णको निन्द्रमा नसुतऊ। हामीले हाम्रो अधिकार प्राप्तीको लागि अहिले नजागेर कहिले जाग्ने, अहिले थारूहट नगगेर कहिले माग्ने।
लेखक बैंगलोरमा स्नातक अध्ययनरत छन्।