डिल्लीबहादुर चौधरीले भने- जतीय राज्य होइन, जातीय समानताको अधिकार मागेका हौं

TJA_Dang-4  सन्तोष दहित, दाङ- थारु बुद्धिजीवी तथा सभासद् डिल्लीबहादुर चौधरीले तराईका आदिवासी थारु समुदायले जातीय राज्य नभएर जातीय समानताको अधिकार मागेका बताएका छन्। थारु पत्रकार संघ दाङ शाखाले आयोजना गरेको थारु पत्रकार संघको पाँचौं वार्षिकोत्वसको अवसरमा माघी मिलन तथा पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘देशमा विभिन्न समुदायहरु बसोबास गर्दै आइरहेका छन्, तिनीहरुको उत्थानका लागि जातीय समानता मागेका हौं,’ उनले भने। कार्यक्रमको प्रमुख अतिथिसमेत रहका चौधरीले जातीय द्वन्द्व नभएर जातीय एकतामा थारु अगुवाहरु लागिपरेको बताए। उनले भने- अहिले सबैको संस्कार र संस्कृतिलाई सम्मान गर्नुपर्छ, राज्यले पनि आफ्नो नागरिको संस्कार, संस्कृतिलाई सम्मान गरेर अगाडि बढ्नुपर्छ।

TJA_Dang-3

‘नेपालमा विभिन्न समुदायहरु बस्दै आएका छन्, सबैका आ-आफ्नै भाषा, कला, संस्कृति र, चाडपर्व छन्। यसको जगेर्ना गर्नु मुख्य दायित्व भनेको राज्यको हो,’ उनले भने, ‘त्यसैले यो विषयमा राज्यले ध्यान दिनुपर्छ।’ थारु समुदायको कतिपय संस्कृति संरक्षणको अभावले लोप हुन पुगेको भन्दै यसको लागि राज्यले ठोस नीति बनाएर संरक्षण, प्रव[द्धनको लागि ध्यान दिनुपर्ने उनले बताए। तराईमा बस्ने आदिवासी जनजाति थारु समुदायका संस्कृतिको हिसाबले सबैभन्दा धनी रहेको उनले दाबी गरे।

उनले जसरी भए पनि माघ ८ मै संविधान आउने दाबी गरे। लामो समयसम्म देशमा संविधान बन्न नसक्दा राज्यले गर्ने कतिपय महत्वपूर्ण कामहरु ओझेलमा परेको र नेपाली जनताले चाहेको जस्तो विकास हुन नसकिरहेको उनले बताए। यी सबै काम हुनको लागि माघ ८ मा संविधान आउनुपर्ने उनको भनाइ थियो।

TJA_Dang-2

‘सकेसम्म सहमतिमा संविधान जारी गर्ने यदि सहमति नभए प्रक्रिया गएर पनि संविधान जारी गर्नुपर्ने,’ उनले भने, ‘माघ ८ मै संविधान जारी गर्न सबै नागरिक अगुवा, पत्रकारहरुले दबाबको सिर्जना गर्नुपर्छ।’

थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सुदिप गौतमको विशिष्ट अतिथिम भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय वैकल्पिक सदस्य मेटमणि चौधरी, नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगी, नागरिक समाजका सचिव चन्द्रराज पन्त, थारु पत्रकार संघका सल्लाहकार केवी चौधरीलगायतले थारु पत्रकार संघले गर्दै आएको कामको प्रशंसा गरेका थिए।

TJA_Dang-1

यसैबीच कार्यक्रममा थारु पत्रकार संघले आफ्नो वार्षिकोत्वसवको अवसरमा लामो समयदेखि थारु समुदायको उत्थानको लागि कमल चलाएको भन्दै पत्रकार शालिकरा चौधरी र राजकुमार कान्छालाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो।

थारु पत्रकार संघको सल्लाहाकार शालिकराम चौधरीको स्वागत मन्तव्यवबाट सुरुभएको कार्यक्रममा नवि स्रोत परिचालनद्धारा प्रकाशित ‘थारु संस्कृति हमार पहिचान’ पुस्तकको विमोचन पनि गरिएको थियो। उक्त पुस्तकको समीक्षा थारु बुद्धिजीवी रामप्रसाद चौधरीले गरेका थिए। कार्यक्रममा थारु मघौटा नाच प्रस्तृत गरिएको थियो।

Leave a Reply

Your email address will not be published.