पद्मरत्‍न तुलाधरको मोर्चाले बानेश्वर ‘कब्जा’ गर्ने

पद्मरत्‍न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले ‘अकुपाइ बानेश्वर’ (बानेश्वर कब्जा गरौं) सहितका आन्दोलन गर्ने भएको छ । पहिचानसहितको संविधान माग गर्दै तुलाधर मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ । ‘दोस्रो चरणको आन्दोलन घोषणा गर्न लागिएको हो’ आन्दोलनका प्रवक्ता ओम गुरुङले भने ।

मोर्चाले पुस २० गतेेदेखि २५ गतेसम्म ‘अकुपाइ बानेश्वर’आन्दोलन गर्ने भएको छ । पहिचान विरोधीहरु हावी भएको भन्दै तुलाधर मोर्चाले २७ गते विरोध सभा राखेको छ भने २ गते काठमाडौंमा आमसभा गर्दैछ ।

माघ ६ गतेदेखि ९ गतेसम्म संविधानसभा घेराउ गर्ने आन्दोलनका कार्यक्रम तय गरेको छ । आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले घोषणा गरेको आमहड्तालसहितको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

-अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published.