माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्रीले गर्ने

PM Meet edit

काठमाडौं- राजधानीमा हुने माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने भएका छन्। थारु कल्याणकारिणी सभा (उपत्यका समिति)ले माघ १ गते टुँडिखेलमा १३औं माघी महोत्सव आयोजना गर्दैछ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी निमन्त्रणा दिइएको माघी मूल आयोजक समितिका संयोजक सत्यनारायण चौधरीले बताए। प्रधानमन्त्री काइरालाले निमन्त्रणलाई स्वीकार गरेको संयोजक चौधरीले बताए।

वि.सं २०५९ सालदेखि हरेक वर्ष काठमाडौंमा थारुहरुले माघी महोत्सव मनाउँदै आएका छन्। महोत्सवको उद्‍घाटन प्रधानमन्त्रीले गर्दै आएका छन्। यसअघि महोत्सवको उद्‍घाटन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले गरेका थिए।

संयोजक चौधरीले महोत्सवमा थारु परिकारका साथै थारु भेषभुसा तथा संस्कृतिको प्रदर्शनी हुने बताए। उनका अनुसार महोत्सवमा करिब २० लाख खर्च हुने अनुमान गरिएको छ।

महोत्सवमा इच्छुकले स्टल राख्न सकिने संयेजक चौधरीले बताए। उनका अनुसार थारु समुदायकाले एउटा स्टलका लागि २५ सय रुपियाँ र अन्य समुदायका ब्यक्तिले ५ हजार तिरेर स्टल राख्न सक्नेछन्। स्टल राख्नि पुस २० गतेसम्म आयोजकलाई सम्पर्क गरिसक्नुपर्ने चौधरीले बताए।

महोत्सव सफल पार्न विभिन्न उपसमिति बनाएर काम गरिरहेको उनले बताए। अर्थसमिति, संस्कृति समिति, स्वंयसेवक समिति, स्टल समितिलगायतका समिति बनाएर काम अगाडि बढाइरहेको संयेजक चौधरीले बताए।

माघी महोत्सवमा करिब ५० हजारको सहभागिता हुने आयोजकको अनुमान छ।

Leave a Reply

Your email address will not be published.