संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ब्यूँतिनुका कारण…

madhesi-leaders

काठमाडौं- सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने खबर भारतीय दूतावासबाट आएपछि रातारात मधेसवादी दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ब्यूत्याँएको थाहा भएको छ। पहिलो सविधानसभा विघटनपछि मधेसवादी दलको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भंग भएपछि दोस्रो सविधानसभा निर्वाचन भइसक्दा पनि मोर्चा ब्यूत्याउन सकेका थिएनन्।

मोर्चा बनाउन वा पार्टी नै एकीकरणका लागि पटक-पटक दलहरुको बीचमा प्रयास भएको थियो तर सफल हुन सकेका थिएन। यसअघि साउनमा प्रधानमन्त्री मोदीको भ्रमण हुँदा उनीहरुले निकै गाली खाएका थिए। त्यसबेला पनि मोदी नेपाल आउनु अघि भारतीय दूतावासले दलहरुको बीचमा एकीकरण अथवा मोर्चाबन्दी गराउन निकै कसरत गरेका थिए।

त्यसका लागि कार्यदलहरु पनि बनेका थिए। दर्जनौंपटक उनीहरु बैठक बसेर एकीकरण खाका तयार गरेका थिए तर सफल हुन सकेका थिएन। बिना मोर्चा बन्दी नै मोदीसँगको भेटघाटमा जाँदा मधेशी नेताहरुलाई मोदीले झपार्दै भनेका थिए- तपाईँहरु एक भएर आउनुस् यसरी छुट्टा छुट्टै आउँदा हामीलाई पनि कुरा गर्न असजिलो हुने गरेको भनेका थिए।

त्यसपछि पनि मधेसवादी दलहरुको बीचमा पटक-पटक मोर्चाबन्दीका लागि छलफल भएको थियो तर सफल हुन सकेको थिएन। जब सार्क सम्मेलनका लागि मोदी नेपाल आउँदैछन् र अन्य दलसहित मधेशवादी दललाई पनि भेट्ने सेड्युल बनेपछि मोदी आउनुको एकदिन अघि मधेसी नेताहरुले हतार हतार मोर्चा घोषणा गरेका छन्। मोर्चा घोषणा भएकै भोलीपल्ट अर्थात मंसिर ९ गते सोल्टी होटलमा साँझ मोर्चाकै हैसियतमा पाँच दल मधेशी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र राष्ट्रिय मधेश समाजवादीका अध्यक्ष शरदसिंह भण्डारीले मोदीसँग भेटघाट गरेका थिए।

भेटकै क्रममा मोदीले मधेसी नेतालाई बधाइ दिँदै भनेका थिए- मोर्चा गठन गरेर तपाईँहरु राम्रो गर्नुभयो । यो पहिला नै गर्नुपर्थ्यो । ढिलै भए पनि समयमा नै गर्नुभएको छ यसका लागि तपाई सबैलाई बधाई। यो मोर्चाबन्दीलाई सविधान निर्माणमा प्रयोग गर्नुस्। सविधान निर्माण भएपछि मात्र सबैको अधिकार सुनिश्चित हुन्छ र देशको विकास पनि हुन्छ।’

यसअघिको भेटमा यी नेताबाहेक फोरम गणताान्त्रिका राजकिशोर यादव, तराई मधेस अभियानका अध्यक्ष जयप्रकाश गुप्ता, कांग्रेसका नेता अमरेश कुमार सिह, एमाओवादीका नेता प्रभु साहलगायतका मधेसी नेतालाई संयुक्तरुपमा भेटेका थिए। यसरी भेट्दा मधेसवादी दलका नेताहरुले चित्त पनि दुखाएका थिए । मोर्चामा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र संघीय सद्‍भावना पार्टीका अध्यक्ष अनिल झालाई पनि ल्याउने सहमति भएको थियो तर हतार-हतार निर्णय गर्नुपर्ने भएकाले शरदसिंह भण्डारीबाहेक राजकिशोर यादव र अनिल झाको विषयमा कुरा हुन सकेको थिएन। स्रोत भन्छन्, राजकिशोर यादव मोर्चामा आउनु हुँदैन भनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले रोकेका थिए भने अनिल झा आउनु हुँदैन भने सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले रोकेका थिए। यसरी मोर्चामा नरहेका अन्य मधेसवादी दलका नेताहरुले मोदीलाई भेट्न पाएका छैनन्।

रातोपाटीबाट साभार

One thought on “संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ब्यूँतिनुका कारण…

  1. हिजो मात्र मधेशी जनअधिकार फोरम नेपाल को अध्यक्ष उपेन्द्र यादब जी नेपाल मा संघीय संरचना यानी राज्य पुनर्संरचना को ९ प्रदेश को प्रस्ताव आईतबार संबैधानिक राजनीतिक संवाद तथा सहमति समितीमा गर्नु भए को छ बिभिन्न संचार मा आएको छ .बिरगंज लाई मधेश को राजधानी बनाउने भने को छ बिरगंज का केहि नेता कार्यकर्ता खुशी भएर बधाई पनी दिए को छ त्यस्तै केहि नेता र पत्रकार जनकपुर लाई उपेन्द्र यादव उपेक्षा गर्नु भयो रिसाए को पनी छ .तर महत्पूर्ण कुरा के छ भन्ने मधेशी जन अधिकार फोरम नेपाल ले लिएको निर्णय के आधारमा लिए को छ बहुत सोचनीय कुरा छ ,यो प्रस्ताव को पक्ष धर एक्लै फोरम हुन्छ कि अरु केहि पक्ष हुन्छ ,फोरम प्रचण्ड जी को नेतृत्व २२ दलीय मोर्चामा छ अर्को हालमा गठन भएको मधेशी मोर्चा मा पनि फोरम छन् ९ प्रदेश को प्रस्ताव को विषयमा २ मोर्चा मा कुनै छन् फल सलाह बिचार भएको छ जस्तो लागदिन ,अर्को महत्वपूर्ण पक्ष जुन दिन मधेसी मोर्चा को गठन सिङ्ग्दर्वार मा भए उस बैठकमा अध्यक्ष उपेन्द्र यादव जी को उपस्थिति थिएन ,किन ?मधेशी पार्टी हरु को मोर्चा आजको आवश्यकता हो वा बाध्यता ?बाध्यता हो भन्ने यो ९ प्रदेश मधेशी मोर्चामा आबद्ध दल को लागि अर्को बाध्यता हो ,नेपाली काण्ग्रेश र एमाले ले नेपाल मा संविधान सभा बाट संविधान बन्नु पर्छ कहिले आवश्यकता बुझेन जनदबाब मा बाध्यता बस संविधान सभा सुकारेको मा आज के हालत भई र हेको छ .यदि मधेसी पार्टी हरु मोर्चा को आवश्यकता लाई बुझेर सक्रियता साथ् काम गर्न चाहन छ भन्ने ९ प्रदेश को प्रस्ताव मात्र होईन संविधान संग सम्बन्धित र मधेश संग सम्बन्धित हरेक विषय मा छलफल गरेर मात्र प्रस्ताव गर्दा राम्रो हुन्छ ,धेरै ले प्रदेश को प्रस्ताव ल्याए सबै को प्रस्ताव रद्दी को टोकरी मा छ यो पनी त्यही टोकरीमा रहन्छ : त्यसैले बिरगंज को नागरिक अहिले खुशी र जनकपुर को नागरिक दुखी हुनु को कुनै तुक छैन ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *