सिंगापुरिवरुद्ध नेपालको सानदार जित

asdfasdआइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपालले सिंगापुरविरुद्ध १ सय ९० रनको सानदार जित हासिल गरेको छ। मलेसियाको केलाङस्थित वायुवास खेल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ६३ रन बनायो।

२ सय ६४ रनको विजय लक्ष्य पाएको सिंगापुरले २१.४ ओभरमा सबै विकेट गुमाउँदै ७३ रनमात्र जोड्न सक्यो। खेलमा नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ले पहिलो अन्तर्राष्ट्रिय सतक बनाए। उनले १ सय २५ बलमा १३ चौका र एक छक्कासहित १ सय १४ रन बनाए। सतकसँगै यस प्रतियोगितामा उनले ब्यक्तगित १ सय ७० रन जोडेको छ।

त्यस्तै नरेश बुढाएरले २९, शरद भेषाकवरले २५, बसन्त रेग्मीले २१ र सागर पुनले अविजिति २१ रन बनाए। कप्तान पारस खड्का भने १९ बल खेल्दै १४ रन बनाएर पेभेलियन फर्किए।

दोस्रो इनिङ्समा नेपालका बलरहरुले पनि राम्रो प्रदर्शन गरेका छन्। सोमपाल कामी र बसन्त रेग्मी जम्दा सिंगापुर ७३ रनमै अलआउट भए। खेलमा दुबैले ४-४ विकेट लिए। अमृत भट्टराईले २ विकेट लिए।

यसअघि नेपाल पहिलो खेलमा युगान्डासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा बर्मुडालाई ८ विकेटले हराएको थियो।

Leave a Reply

Your email address will not be published.