रौतहट- थारु कल्याणकारिणी सभा (थाकस)को केन्द्रीय सचिवालय बैठकले २१ जना केन्द्रीय सल्लाहकार समिति बनाएको छ। जसमा थाकसका पूर्व अध्यक्ष, थारु अगुवा र नेताहरु रहेका छन्। सोमबार रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकले पूर्व अध्यक्षहरु रामधिन चौधरी, नरेन्द्र चौधरी, अस्टभुजा चौधरी, चन्द्रकुमार चौधरीलाई सल्लाहकार समितिमा राखेको छ।
त्यस्तै बैठकले पद्मनारायण चौधरी, उमाकानत चौधरी, महेश चौधरी, नागेन्द्र चौधरी, मानपुर चौधरी, वैजनाथ चौधरी, बलदेव चौधरी, उदयनारायण चौधरी, रामचन्द्र चौधरी, रुपनारायण चौधरी, भक्तिलाल माझी, सुकदैया चौधरी, शान्ता चौधरी, कैँया चौधरी, रामकुमार थारु, कौसल्या चौधरी र रुद्र नारायण चौधरी छन्।
त्यस्तै बैठकले २१औं महाधिवेशनबाट पारित २१ बुँदे घोषणा पत्र प्रधानमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई ज्ञापन पत्रको रुपमा बुझाउने निर्णय गरेको छ। नवनिर्वाचित अध्यक्ष धनिराम चौधरीका अनुसार मंगलबारै प्रधानमन्त्री र सभामुखलाई सो घोषणा पत्र बुझाइने छ।
सल्लाहकार समितिका सम्पूर्ण महान व्यक्तित्वलाई बधाई तथा शुभकामना। समयसापेक्ष सुझाव,सरसल्लाह दिई थाकसलाई जीवन र यौवन बनाई राख्नु होला।
थारु कल्याणकारिणी सभाको केन्द्रीय सल्लाहकार समिति मा रहनु हुने सम्पूर्ण थारु अगुवा धरोहर महानुभाव ज्यू हरुमा हार्दिक बधाई तथा शुभकामना…! धेरै वर्ष पहिले हाम्रो हजुरबुवाले भन्नु हुन्थ्यो थारु पिछडीएको छ, बुवाले पनि भन्नु हुन्थ्यो थारु पिछडीएको छ, मैले पनि भन्नु परिरहेको छ हामी पिछडीएका छौ अव मेरो छोरा छोरीले पनि थारुको उत्थान गर्न सकिन्छकी भनि थारु सामाजिक संघ संस्थाहरुमा समलग्न भई अहोरात्रकाम गरि रहेको छ, म व्यक्तिगत रुपमा कुनैन कुनै प्रकारले थारुको हितमा काम गरि राखेको नै छु, अव भन्नुस मेरो नाती नातिनाले के अव अझै थारु पिछडीएको छ भन्ने ?…..अव थारु अगुवा हरुले गम्भीर भएर सोच्नु पर्ने बेला भई सकेको छ…! रामलाल चौधरी, जोरपाटी ३, काठमाडौँ /