थाकस उपाध्यक्षमा तीन जना, महामन्त्रीमा अमिरी चौधरी

ccc meeting Tha ka sa

झापा- थारु कल्याणकारिणी सभाले केन्द्रीय पदाधिकारी र मनोनित केन्द्रीय सदस्य चयन गरेको छ। २१औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पहिलो बैठकले केन्द्रीय पदाधिकारीसहित चार जना मनोनित केन्द्री सदस्य चयन गरेको हो।

बैठकले उपाध्यक्षमा बाबुराम चौधरी, हरिदेवी चौधरी र कन्नुलाल चौधरीलाई चयन गरेको छ। त्यस्तै बैठकले महामन्त्रीमा अमिरी चौधरी, उपमहामन्त्रीमा इन्दिरा चौधरी र कोषाध्यक्षमा जयराम चौधरीलाई चयन गरेको हो।

Aamiri Chaudhary
सभाले दोस्रो पटक संरक्षकसमेत तोकेको छ। पूर्वमहामन्त्री अमृतप्रसाद खाँलाई संरक्षक तोकेको हो। यसअघि सभाले केवल चौधरीलाई संरक्षक बनाएको थियो।

नवनिर्वाचित केन्द्रीय अध्यक्ष धनीराम चौधरीको अध्यक्षतामा बसेको बैठकले चार मनोनित केन्द्रीय सदस्यको पनि टुंगो लगाएको छ। डम्बर चौधरी (काठमाडौं), देवीप्रसाद चौधरी (रुपन्देही), वीरबहादुर चौधरी (झापा) र अधिकलाल चौधरी (रौतहट)लाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

बाँकी दुई जना महिलाको भने टुंगो लागेको छैन। केन्द्रीय समिति कमलरी, पिछडिएका वर्ग तथा भूगोलका महिललाई मनोनित गर्ने बैठकमा सहमति भएको केन्द्रीय सदस्य राजकुमार लेखीले बताए। कार्यसमितिले पदाधिकारीहरुसहित राजकुमार लेखी र रामकृष्ण चौधरीलाई केन्द्रीय सचिवालय गठन गरेको छ।

बैठकले तिहारलगत्तै देशव्यापी रुपमा थारु जागरण अभियान सञचालन गर्ने निर्णयसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published.