थारु पत्रकार संघको चित्तवन शाखा गठन

Tharu Journalist Association, Chitwan Branchथारु पत्रकार संघ, नेपालको नवौं जिल्ला चित्तवन शाखा गठन भएको छ। मंगलबार चित्तवनको नारायणगढमा आयोजित थारु पत्रकारहरुको जिल्ला भेलाले सो शाखा गठन गरेको हो। पत्रकार कारी महतोको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ। कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र दुई सदस्यमा क्रमशः सुमित्रा महतो, मनिराम थनेत, मनकुमारी चौधरी, पुरनकुमारी महतो, धनकुमारी महतो र रिता चौधरी सर्वसम्मतले चयन भए।
संघका केन्द्रीय अध्यक्ष लक्की चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलाको उद्घाटनसत्रमा विभिन्न सञ्चारसम्बद्ध संघ संस्थाका पदाधिकारीहरुले भेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सूचनालाई नागरिकसम्म सहजतरिकाले पु¥याउन पत्रकारहरुको सामुहिक सशक्तिकरणको आवश्यकता औंल्याए। थारु समुदायमा लोप हुँदै गएको भाषा, कला, संस्कृति र लुकेर रहेका समाचारहरुलाई नागरिकसामु पुरर्यासउनु र थारु समुदायको अधिकारका लागि राज्यलाई दबाब सिर्जना गर्नु संघका पदाधिकारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे।
थारु कल्याणकारिणीसभाका केन्द्रीय उपाध्यक्ष भोजमानराम महतोले पत्रकारहरु समुदायको सशख्त हतियार भएकाले एकीकृत भएर अगाडि बढ्न आवश्यक रहेको बताए। समाजमा व्याप्त कुरीति, कुसंस्कार तथा पछाडि परेकावर्ग समुदायकालागि पत्रकारहरुको कलम सशख्तरुपमा चल्नुपर्ने उनले शुभकामना व्यक्त गरे।
पत्रकार कारी महतोको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारिणीसभाका केन्द्रीय सदस्य विष्णुकुमारी महतो, जिल्ला अध्यक्ष विश्राम महतो, पूर्व अध्यक्ष टेकेन्द्र चौधरी, थारु विद्यार्थी समाजका पूर्व केन्द्रीय उपाध्यक्ष ललितकुमार चौधरी, थारु विद्यार्थी समाजका जिल्ला अध्यक्ष प्रेम चौधरी, प्रेस चौतारी नेपालका अध्यक्ष तीर्थ नेपाल लगायतले संघको सफलताको शुभकामना व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published.