‘समयमै संविधान जारी गर्न आ–आफ्ना हठ त्यागौं’

Lucky Chaudhary
सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालबाट सम्मानित हुँदै थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष लक्की चौधरी। उनी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत हुन्।

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले निर्धारित समयमै संविधान जारी गर्न आ–आफ्ना हठ छाडेर सहमतिमा आउन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को १५औँ स्थापना दिवस तथा पुरस्कार वितरण समारोहको उद्घा टन गर्दै उनले सबैका सबै सवाल संविधानमा समावेश हुन नसक्ने र जारी गरिसकेपछि पनि संशोधन गर्न मिल्ने भएकाले संविधानका विवादित विषयमा सबैले आ–आफ्नो हठ त्यागेर सहमतिमा आउनुपर्ने बताए।
मन्त्री रिजालले आदिवासी जनजाति, महिला, दलित, मुसलमान, मधेसीलगायत उत्पीडनमा पारिएको समुदायको नेपाली सञ्चारमाध्यममा अत्यन्तै कम उपस्थिति रहेको सन्दर्भमा ती सञ्चारमाध्यमलाई समावेशी बनाउन सरकारले सक्दो प्रयास गर्ने वचनबद्धता प्रकट गरे।
उनले भने, ‘संविधानसभाबाट बन्ने संविधान सम्झौताको दस्तावेज हुने हुँदा त्यहाँ सबैका केही अधिकार वा सवाल सुनिश्चित हुन्छ।’ नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चारमाध्यममा विषयवस्तु र समाचार कक्षमा समावेशीताको सबाल संविधान निर्माण तथा नीति निर्माणसँग जोडिएको छ। अध्यक्ष विष्टले उपेक्षित, उत्पीडित समुदायलाई सञ्चारको मूलधारमा ल्याउन महासङ्घले पहल थालेको जानकारी दिए। Fonij-1
आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले आदिवासी जनजातिसँग सरकारले पटकपटक गरेका सम्झौता कार्यान्वयन गनुपर्नेमा जोड दिए। पत्रकार महासङ्घका महासचिव उजिर मगरले श्रमजीवी पत्रकार ऐन आएको २०औँ वर्षसम्म पनि लागू हुन नसकेको भन्दै कार्यान्वयनका लागि महासङ्घले अभियान सञ्चालन गरिरहेको बताए।
प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले सिङ्गो सञ्चारमाध्यममा देखिएको समस्याबारे सरकार गम्भीर हुनुपर्ने बताए। आदिवासी जनजाति महिला महासङ्घकी अध्यक्ष तथा पूर्व सभासद् शान्ति जिरेलले आदिवासी जनजाति समुदायका अधिकार सुनिश्चित हुने सम्भावना देखेर पहिलो संविधानसभा विघटन गरिएको आरोप लगाइन्।

Tharu Journalist Association
थारु पत्रकार संघ आबद्ध पत्रकारहरु।

आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगर, फोनिजका सल्लाहकार समितिका संयोजक खिम घलेलगायतले जातीय पहिचानसहितको संविधानका लागि पूर्ण समावेशी सञ्चारमाध्यम हुनुपर्ने धारणा राखेऽ
सोही अवसरमा ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रताप विष्ट (कान्तिपुर दैनिक, मकवानपुर), सञ्चाकुमारी लामा (रेडियो मैत्री) र मिलन लिम्बु (एबिसी टेलिभिजन)लाई प्रदान गरिएको थियो। पुरस्कारको राशि जनही रु ४० हजार रहेको छ।Fonij-2
त्यसैगरी, साप्ताहिक पत्रिका ‘डाजाङ’ र ‘लौब अग्रासन’ लाई सम्मान गरिएको थियो। कार्यक्रममा पत्रकार महासङ्घका महासचिव उजिर मगर र सदस्य मोहनसिंह लामा, लक्की चौधरी, राजु लामा, चीरञ्जीवी मास्के र निलिफा सुब्बालाई सम्मान गरिएको थियो।
फोनिजका अध्यक्ष दण्ड गुरुङले आगामी नयाँ संविधानमा आदिवासी समुदायका अधिकार सुनिश्चित गर्न जनजाति नेताले संसद्, सडक र पार्टीभित्र सङ्घर्ष गर्नुपर्ने आवश्यकता औंल्याए। फोनिजको स्थापना दिवसको अवसरमा प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट एक र्या्ली पनि निकालिएको थियो। रासस

Leave a Reply

Your email address will not be published.