आदिवासी जनजातिको अधिकार सुनिश्चित नभए सडक आन्दोलन गर्छौं : लेखी

Aadibasi diwas-3

कमला चौधरी, बुटवल- आदिवासी जनजाति महासंघका निर्वतमान अध्यक्ष राजकुमार लेखीले पहिचानसहितको संघीयताका लागि आदिवासी जनजातिले सडक संर्घष गर्नुपर्ने बताएका छन्। २०औं आदिवासी जनजाति दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले सबैको पहुँचका निम्ति सडक आन्दोलनमार्फत् संविधान सभालाई खबरदारी गर्नुपर्ने बताए। ‘अब बन्ने संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित नभए राजनीतिक दलका नेताहरु काशी गए हुन्छ, बनारस गए हुन्छ,’ उनले भने, ‘हक अधिकार सुनिश्चित नगरिकन त्यो संविधान टिक्न सक्दैन, च्यातिन सक्छ, टुक्रिन सक्छ।’ त्यसकारण राजनीतिक दलका सबैलाई सचेत रहन उनले आग्रह गरे।

Aadibasi diwas-1

लेखीले जनजाति आन्दोलन कुनै जाति विशेषको आन्दोलन नभइ सबै जातजाति, वर्ग समुदायको रहेकाले अन्य समुदायले कुनै पनि आपत्ति नलिन आग्रह गरे। आदिवासी जनजातिको आन्दोलन कुनै जातिको विरुद्ध नभइ सम्मान हक अधिकारको मूल धारको नयाँ बन्ने संविधानमा सुनिश्तिताको निम्ति भएको बताए।

कार्यक्रममा महिला अधिकारकर्मी बुद्ध श्री लामाले हक, अधिकारका लागि सबै पहिचानविरोधी पार्टीहरु एकबद्ध भएर लाग्नुपर्ने बताए। उनले पचिानका पक्षधरहरु एक भइ जसरी पनि संविधान जारी गर्नुपर्ने बताए।

आदिवासी जनजाति महासंघ जिल्ला समन्यव परिषद्का अध्यक्ष सन्तराम थारुले आदिवासी जनजातिको माग अब बन्ने संविधान सभामा सुनिश्चित गारउन आन्दोलनस्वरुप यो दिवस मनाएको बताए। Aadibasi diwas-2

आदिवासी जनजाति सम्बद्ध सबै संघसंस्थाको उपस्थितिमा संस्कृति झाकीसहितको र्याधली निकालिएको थियो। बुटवलको पुष्पलाल पार्कबाट बाजागाजासहित मौलिक पोसाकमा निकालिएको र्याधली सिद्धेश्वर उच्च माविको प्राङ्गणमा सभामा परिणत भएको थियो। कार्यक्रममा आदिवासी जनजातिको मौलिक पोसाक र  संस्कृति झल्किने नृत्य प्रर्दशन गरिएको थियो।

Leave a Reply

Your email address will not be published.