काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज सिङ्गापुर प्रस्थान गर्नुभयो । अध्यक्ष ओली दिउँसो १:४५ को थाई एयरको उडानबाट थाइल्यान्डको बैंकक हुँदै सिङ्गापुरका लागि प्रस्थान गर्नुभएको हो । ओलीले आफ्नो भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका संवाददाताहरूलाई कुनै प्रतिक्रिया दिनुभएन ।
एमाले केन्द्रीय सदस्य डा. राजन भट्टराईले चिकित्सकको परामर्शमा सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा अध्यक्ष ओलीको उपचार हुनेछ । सो अस्पतालका चिकित्सकले बुधबारका लागि समय दिएकाले हतारहतार भ्रमणको कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।
उपचारका लागि करिब एक साता लाग्ने अनुमान गरिएको छ । सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले ओली थप उपचार गराउन जानुभएको हो । डा. भट्टराईले ओलीलाई अन्य समस्या नभएको जनाउनुभयो ।
ओलीको बिदाइका लागि ऊर्जा मन्त्री राधा ज्ञवाली, उद्योग मन्त्री कर्णबहादुर थापा, नेता केशव बडाल, केन्द्रीय सदस्यहरू डा. भट्टराई, निरुपाललगायत विमानस्थल पुग्नुभएको थियो ।
ओलीका साथ उहाँका श्रीमती राधिका शाक्य र सहयोगी राजेश बज्राचार्य हुनुहुन्छ ।
पार्टीको जिम्मेवारी गौतमलाई
अध्यक्ष ओलीले आफ्नो कार्यभार उपाध्यक्ष वामदेव गौतमलाई सुम्पनुभएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीमा गौतम वरिष्ठतम उपाध्यक्ष हुनुभएकाले विगतको परम्पराअनुसार गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको एमाले नेता केशव बडालले बताउनुभयो ।
एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको मर्यादाक्रम तोक्ने विषयमा यही साउन २५ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले निर्णय गर्नेछ । रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर