काठमाडौं- थारु पत्रकार संघले प्रेस चौतारी र क्रान्तिकारीबीच भएको सहकार्यप्रति समर्थन जनाएको छ। नेपाल पत्रकार महासंघको वैशाख २० र २१ गते हुने २४औं महाधिवेशनले महासंघको विधानलाई थप समावेशी चरित्रको बनाउने प्रतिवद्धताप्रति थारु पत्रकार संघ खुसी रहेको अध्यक्ष लक्की चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघ, नेपालबीच वैशाख १० गते भएको सहकार्यको हामी पूर्ण समर्थन गर्दछौं। ‘दुवै संस्थाका अध्यक्षहरुले हस्ताक्षर गर्नुभएको छ बुँदे प्रतिवद्धताप्रति हामी समर्थन गर्दै त्यसको व्यवहारमा कार्यान्वयनको आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘दुई संस्थाबीच भएको सहकार्य र सहमतिको स्वागत गर्दै हाम्रो संगठनको तर्फबाट आगामी निर्वाचनमा डा. महेन्द्र विष्ट नेतृत्वको सोही संयुक्त व्यवसायिक प्यानललाई विजय गराउन संगठनको तर्फबाट पूर्णतः जिम्मेवार भएर लाग्ने पनि प्रतिवद्धता व्यक्त गर्दछौं।’ विज्ञप्तीमा भनिएको छ, ‘संयुक्त प्यानलले गरेको प्रतिवद्धताको कार्यान्वयन र पत्रकारका अन्य संगठनहरुलाई पनि सोहीअनुसार जिम्मेवार बन्न आग्रह गर्दै नेपाल पत्रकार महासंघलाई सबैको साझा थलो बनाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौं। सो अभियानमा हाम्रो साथ र समर्थन रहने प्रतिवद्धता व्यक्त गर्दछौं।’
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर