थारुको पहिचान मेटाउन खोजे कोइराला सरकारलाई उखलेर फालिदिन्छौं : लेखी

Rajkumar Lekhi

काठमाडौं- राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखीले थारुलगायत आदिवासी जनजातिको पहिचानलाई मेटाउन खोजे सुशील कोइराला नेतृत्वको सरकालाई उखलेर फालिदिने चेतावनी दिएका छन्। ताजपुरिया समाज कल्याण परिषद्ले आयोजना गरेको ‘नयाँ वछरेर काद सिरुवा पवनी’को अवसर बोल्दै उनले थारुलाई मधेसीमा सूचीकरण गरेको भन्दै सो चेतावनी दिएका हुन्।

‘विगतमा हामीले राजतन्त्र फालेका छौं, राणा शासन फालेका छौं, पञ्चायत पनि फालेका छौं,’ उनले भने, ‘सुशील कोइराला फेरि पनि ज्ञानेन्द्र बन्न खोजे, शासक बन्न खोजे, उनको सरकारलाई उखेलेर फालिदिनेछौं। त्यो ताकत जनतामा हुन्छ।’jur sital at ktm-1

देश र सिंहदरवारका शासकहरुले तराईका आदिवासीहरुलाई रंगी, प्रजा र दासदासी ठानेको भन्दै लेखीले त्यस्तो कुचेस्टा नगर्न चेतावनी दिए। ‘यो देशमा लोकतन्त्र, गणतन्त्र आएको छ भने त्यो लोकतन्त्र तीन दलका लागि मात्र नभएर सबैको लागि हो। त्यसैले सबैको पहिचानलाई स्वीकार गर्नपर्छ,’ उनले भने। jur sital at ktm-2

पहिचानका निम्ति थारुहरुले यसअघि पनि आन्दोलन गरेको भन्दै उनले फेरि पनि तराईबाट छिट्टै आगोको मुस्लो बल्न लागेको बताए। ‘पहिचानकै निम्ति हामीले पहिले पनि थारु आन्दोलन गरेका छौं,’ उनले भने, ‘सिंहदरवारका शासकहरु अझै पनि नसच्चिए अर्को थारु आन्दोलन चर्किनेछ।’jur sital at ktm-3

उनले कुनै पनि समुदायको जनसंख्या कम भयो भन्दैमा उसको पहिचानै मेटाएर अर्को जातिमा गाभ्न नमिल्ने बताए। ‘ताजपुरियाको जनसंख्या कम छ भन्दैमा उसलाई थारु भन्न मिल्छ?,’ उनले प्रश्न  गर्दै भने, ‘कदापि मिल्दैन। देशको विविधता भनेकै धेरै जाति, समुदाय र तिनका संस्कृति भएकाले देशको विविधतालाई सरकारले स्वीकार्नुपर्छ।’
भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.