संगीतसहित साहित्यिक बखेरी

SAMSUNG CAMERA PICTURES

सोम डेमनडौरा, नेपालगञ्ज- ‘थारु हम्र हुई अश्ली स्वदेशी’ साहित्यकार कृष्णराज सर्बहारीको मुक्तकसँगै सुरु भएको थियो साहित्यिक तथा सांगीतिक बखेरी। नयाँ वर्षको उमंगसँगै साहित्यवाचन गर्न र संगीतमा झुम्न तयार थिए कार्यक्रमका सहभागीहरु। नयाँ वर्षलाई खुसी र परिवर्तनको रंग दिन थारुभाषी साहित्यकारहरु संगीतसहित साहित्यिक बखेरी सम्पन्न गरेका छन्। कार्यक्रममा नयाँ वर्ष २०७१ सालको शुभकामना आदान प्रदान पनि गरिएको थियो।

जंग्रार साहित्यिक बखेरी नेपाल र हरचाली ठाँठी उद्योग नेपालगञ्जको संयुक्त आयोजनामा भएको सो बखेरीमा संगीतकर्मीहरुले थारु भाषाको गीत प्रस्तुत गरेका थिए। थारु भाषा साहित्यका साथसाथै उनीहरुले थारु लयका संगीत प्रस्तुतीले गर्दा थारु साहित्यको विकास प्रवर्द्धन हुनुका साथै युवा साहित्यकारहरुलाई पनि आकर्षित गरेका छन्। यसका साथै जिल्ला बाहिर रहेका साहित्यकारहरुबाट फोनबाट पनि साहित्यबाचन गराएका छन्।

जंग्रार साहित्यिक बखेरी, नेपालगञ्जका आयोजनामा सञ्चालित १७औं जंग्रार साहित्यिक बखेरी, कार्यक्रममा साउदीबाट कुमार चौधरी, मलेसियाबाट लाछु चौधरी, काठमाडौंबाट साहित्यकार कृष्णराज सर्बहारी र सुशील चौधरी, देउखरबाट छबिलाल कोपिला र शेरबहादुर चौधरी, सुर्खेतबाट मानबहादुर पन्ना र बर्दियाबाट बखेरीकी सदस्य बालिका चौधरीले दुई दुई वटा रचना बाचन गरेका थिए।

गजलकार अनुपमा कराराको आतिथ्यमा सम्पन्न बखेरीमा थारु संगीत र संस्कृतिको झलक पनि प्रस्तुत गरिएको थियो। बखेरीकी सदस्य तथा सञ्चारकर्मी सुमित्रा चौधरीद्वारा सञ्चालित सो बखेरीमा, ठाकुर अकेला, राम आरोह, करण चौधरी, एक्प्रेस एफएमकी सरस्वती चौधरीलगायतका स्रष्टाहरुले उत्साहपूर्वक कबिता, गजल, मुक्तक बाचन र गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए। सो बखेरीमा पत्रकार महासंघ बाँके शाखाकी सदस्य बिमला चौधरी, कृष्णसार एफएमकी भरत चौधरीले आफ्नो भाषा साहित्यको विकासका लागि युवा जोश र जाँगर अग्रसर हुनुपर्ने बताएका थिए।

थारुभाषी साहित्यकारहरु साहित्य विकासका लागि नियमित कार्यक्रम सञ्चालन गर्नुका साथै युवा पुस्तालाई आकर्षित गर्नुपर्ने आवश्यकता भएको सो कार्यक्रमका सभापति सोम डेमनडौराले बताए। संयोजक डेमनडौराले साउदी र मलेशीयामा पनि जंग्रार साहित्यिक बखेरीको शाखा तत्काल बन्दै गरेको जानकारी गराए।
बखेरीको अर्को कार्यक्रम अन्तर्राष्ट्रिय स्तर स्काइप साहित्यबाचन २०७१ वैशाख ७ गते आयोजना गर्ने बखेरीका संयोजक सोम डेमनडौराले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published.