बलिउडकी ‘हट प्रोपर्टी’

sunny-leone

सनी लियोनलाई बलिउडको ‘हट प्रोपर्टी’ भन्न थालिएको छ। चर्चाका सन्दर्भमा उनले कटि्रना कैफ, दीपिका पादुकोण, करिना कपुरजस्ता बलिउडका सफल अभिनेत्रीलाई पनि मात दिइरहेकी छिन्। गत वर्ष उनी गुगलको सर्च इन्जिनमा सर्वाधिक खोजिएकी अभिनेत्री बनिन्। यसमा उनले सलमान खान र कटि्रनालगायत अन्य कलाकारलाई उछिनेकी थिइन्।
हालै उनको नेपाल आगमनले नेपाली मनोरञ्जन बजार पनि तताएको थियो। आफ्नो ट्वीटर अकाउन्टमा उनले लेखेकी थिइन्– ‘आज नेपाल जाँदै छु। केही कामपछि विश्राम लिन्छु।’ आइतवार आफू नेपाल आउने जानकारी गराएपछि उनका नेपाली फ्यान हौसिएका थिए भने कतिपयलाई त पत्याउनै गाह्रो भयो। कतिले उनी आउने कुरालाई हल्लाका रूपमा लिए। तर, उनी आइन्।
आफ्ना श्रीमान् डेनियल वेबरसँग काठमाडौँ घुमेपछि उनले नेपालको प्रशंसा गर्दै ट्वीट गरिन्। उनले लेखिन्– ‘नेपाल एकदमै सुन्दर देश रहेछ। यस पटक फरक संस्कृति र शहरबारे जानकारी लिने अवसर मिल्यो।’ नेपाली मःमःको स्वाद आफ्नो जिब्रोमै झुन्डिएको कुरा उनले ट्वीटरमार्फत आफ्ना प्रशंसकमाझ पुर्यामइन्। आइतवार साँझ सोल्टी होटलमा उनी ‘जीवनका अनुभव’ नामक अन्तरक्रियामा सहभागी भइन्।
सनीको जन्म क्यानडाको ओन्टारियोमा पञ्जाबी परिवारमा भएको हो। उनी आफ्नो वास्तविक नाम करेन मल्होत्रा बताउँछिन्। वयस्क फिल्ममा काम गर्ने क्रममा उनले आफ्नो नाम फेरिन् र बनिन्– सनी। सुरुमा उनले क्याथोलिक स्कुलमा पढेकी हुन्। सनीले नर्स बन्ने सपना बुनेकी थिइन्। त्यसका लागि उनले नर्सिङको तालिम पनि गरिन्। ‘एक्स्ट्रा पकेटमनी’का लागि उनी त्यतिबेला पढाइका साथै स–साना काम पनि गर्थिन्। बेकरी, कर, रिटायरमेन्ट आदिसँग सम्बन्धित कम्पनीहरूमा उनले काम गरिन्।
किशोरी हुँदा एक दिन वयस्क फिल्मको डीभीडी उनको हात लाग्यो। डीभीडी प्लेयरमा चक्का राखेर उनी फिल्म हेर्न थालिन्। फिल्म हेर्नेबित्तिकै उनले ‘घरकाले देख्लान्’ भनी हत्तपत्त भिडियो बन्द गरिन्। डीभीडीलाई लुकाएर राखिन्। त्यसको केही वर्षपछि १९ वर्षको उमेरमा उनले फेरि साथीहरूसँग वयस्क फिल्म हेरिन्। एक अन्तरवार्तामा आफ्नो त्यो अनुभव सुनाउँदै उनले भनिन्, ‘त्यो अनौठो र रमाइलो अनुभव थियो। त्यहाँ भएका युवामध्ये कोही गेम खेलिरहेका थिए भने कोही यताउति हिँडिरहेका थिए। तर, सबै नग्न थिए।’ ११ वर्षको उमेरमा पहिलो ‘किस’ र १६ वर्षको उमेरमा एक बास्केटबल खेलाडीसँग सेक्स गरेको कुरा उनले स्विकारेकी छिन्। १८ वर्षमा आफू ‘बाइसेक्सुअल’ भएको अनुभूति गरेको उनले भारतीय मिडियालाई बताएकी छिन्।
नर्सको तालिम गर्ने क्रममा उनले एक पुरुष पत्रिका ‘पेन्टहाउस’ का लागि फोटो खिचाइन्। यो पत्रिका अश्लील तस्बिरका लागि चिनिन्थ्यो। यसपछि उनलाई हस्लर, चेरी, स्वांक र हाई सोसाइटीलगायत थुप्रै पत्रिकाले पछ्याउन थाले। केही मोडलिङ असाइन्मेन्ट गरेपछि उनलाई अश्लील फिल्ममा काम गर्ने प्रस्ताव आयो। धेरै पैसा कमाउने सोचले उनले त्यो प्रस्ताव स्विकारिन्। पेन्टहाउसका पूर्वसम्पादकले उनलाई आफ्नो थर ‘लियोन’ राख्ने सल्लाह दिए। यसरी उनी अश्लील फिल्मकी स्टार अभिनेत्री– सनी लियोन बनिन्। समलैंगिक अश्लील फिल्ममा काम गर्ने शर्तमा उनले अश्लील फिल्म बनाउने कम्पनी ‘भिभिड इन्टरटेनमेन्ट’ सँग तीन वर्षका लागि सम्झौता गरिन्। अश्लील फिल्म क्षेत्रमा आफू प्रवेश गरेकोमा उनी दुःखी थिइनन् तर परिवारका लागि भने चिन्तित थिइन्। परिवारलाई अरूले नानाथरी टिप्पणी सुनाउनुअघि नै उनले आफू अश्लील फिल्ममा काम गर्न लागेको परिवारलाई बताइन्। उनका आमाबुवा जिल्ल परे। अक्क न बक्क परेका अभिभावकले सनीलाई त्यागे। तर, केही समयपछि परिवारले सनीलाई अपनायो।
सनीले धेरै समलैंगिक फिल्ममा काम गरिन्। त्यसका लागि उनले थुप्रै अवार्ड पनि जितिन्। पछि उनी पुरुषसँग पनि क्यामराअगाडि आउन तयार भइन्। लामो समयसम्म उनले प्रेमी माट इरिक्सनसँग काम गरिन्। यसपछि उनले डेनियल वेबरको साझेदारीमा ‘सनलस्ट पिक्चर्स’ नामक आफ्नै स्टुडियो खोलिन्।
सन् २०११ को अक्टोम्बरमा ‘बिग बोस’ को पाँचौँ शृंखलामा उनले बिग बोसको घरमा प्रवेश गरिन्। यसअघि भारतमा धेरै कमले उनलाई चिन्थे। कार्यक्रमा सहभागी भएपछिमात्र भारतीयहरूले उनी पोर्नस्टार भएको थाहा पाए। धेरैले उनको र बिग बोसको त्यो शंृखलाको विरोध गरेका थिए। विरोधका साथै उनले लोकप्रियता पनि हासिल गरिन्। प्रसिद्धि र  विरोध दुवैले उनलाई चर्चित हुन मद्दत गर्यो  र उनी आफ्नो छुट्टै पहिचान बनाउन सफल भइन्। उनी त्यहाँ भएकै बेला फिल्म निर्माता महेश भट्ट बिग बोसको घरमा गेस्ट बनेर आए। सनीमाथि आँखा लगाएका भट्टले उनलाई आफ्नो फिल्मको कथा सुनाए। कथा मन परेपछि सनीले उनको ‘जिस्म–२’ को अभिनेत्री बन्ने प्रस्ताव स्वीकार गरिन्। निर्माता भट्टले आफ्नो फिल्म ‘कलयुग’ का लागि पनि सनीलाई साइन गर्न खोजेका थिए। तर, सनीले १० लाख डलरको माग गरेपछि भट्ट पछि सरेका थिए।
सनीले महेशकी छोरी पूजा भट्ट निर्देशित ‘जिस्म–२’मा काम गरिन्। यसका लागि उनी भारतमै बसिन्। भारत बसाइका क्रममा उनले भारतको नागरिकता लिइन् र आधिकारिक रूपले भारतीय नागरिक बनिन्। ‘जिस्म–२’, ‘ज्याकपट’ र ‘रागिनी एमएमएस–२’ जस्ता फिल्ममा उनले काम गरिसकेकी छिन्। यी फिल्ममा उनको अभिनयले भन्दा कामुक भूमिकाले बढी चर्चा पाएको छ। निर्देशक देवांग ढोलकियाको निर्देशनमा बन्ने फिल्म ‘टिना एन्ड लोलो’ मा उनी एक्सन गर्दै देखिनेछिन्। त्यसका लागि उनी स्टन्टको अभ्यासमात्र गरिरहेकी छैनन्, हिन्दी भाषाको पनि प्रशिक्षण लिइरहेकी छिन्।
बलिउडमा आफूलाई स्थापित गर्न उनलाई सजिलो चाहिँ छैन। थुप्रै विवादको सामना गरिरहेकी छिन्। हालै भारतका कट्टरपन्थी हिन्दुवादी संगठनले सनीलाई इन्दौरमा छिर्न दिएनन्। कुनै–कुनै ठाउँमा उनले होटलमा समेत बास पाउँदिनन्। आफ्नो पुरानो छवि मेटाउन उनी लागिपरेकी छिन्। बलिउडले छिट्टै आफूलाई स्विकार्नेमा उनी आशावादी छिन्। ‘मेरो सम्पूर्ण ध्यान बलिउडमा केन्द्रित छ। म अलग र विविधतापूर्ण भूमिकाहरू गर्न चाहन्छु। र, सफल अभिनेत्रीका रूपमा आफूलाई चिनाउन चाहन्छु,’ उनले भनेकी छिन्।

Leave a Reply

Your email address will not be published.