मिस नेपालका प्रारम्भिक सुन्दरी छानिए

miss nepal 2013

देशको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल–२०१४’ को ज्वरो सुरु भएको छ। पूर्व मिस नेपाल तथा आयोजक हिडन ट्रेजरकी कार्यकारी अधिकृत श्वेता सिंहले यसपालिको प्रतिस्पर्धामा २० जना युवती छानिएको बताइन्। माल्भिका सुब्बा, श्वेता सिंह, रचना गुरुङ, सुवर्णबहादुर क्षत्री, गिरेन्द्रमान राजवंशी र शरदकृष्ण श्रेष्ठको निर्णायक समूहले यी युवती छनोट गरेको हो।

सयभन्दा बढी युवतीले प्रतियोगिताका लागि आवेदन दिएका थिए। तीमध्ये ७० युवतीबाट २० जना छानिएका थिए। ‘इन्टरभ्यू राउन्डमा थुप्रै युवती उचाइका कारण अयोग्य ठहरिएका थिए,’ श्वेताले भनिन्, ‘ट्याटूका कारण पनि केही युवतीलाई प्रतियोगितामा लिन सकिएन।’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उचाइ महŒवपूर्ण कडी हुने हुँदा उचाइमा पर्याप्त ध्यान दिइएको उनले बताइन्। उनले प्रतियोगितामा प्रतिभाशालीका साथै कमजोर युवतीहरू पनि छानिएको खुलासा गरिन्। ‘सुपर मोडलदेखि एकदमै नयाँ युवतीसम्म छनोट भएका छन्,’ उनले भनिन्।

देशको सुन्दरी बन्ने यो दौडमा सुपरमोडल आस्था पोखरेल पनि सहभागी छिन्। उनले मिस ठूलो प्लेटफर्म भएकाले आफूले भाग लिएको बताइन्। यसपालिको मिस नेपालमा मिस पूर्वाञ्चल, मिस चितवन र मिस नेवाःका विजेतालाई सीधै अन्तिम राउन्डमा सामेल गराइएको छ।

वैशाख १९ गते हुने अन्तिम स्पर्धाका लागि बिहीवार ‘ओरियन्टेसन’ हुनेछ भने शनिवारदेखि उनीहरूलाई नियमित प्रशिक्षण दिइने आयोजकले बताएको छ।

Leave a Reply

Your email address will not be published.