दाङमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु

तुलसीपुर- तुलसीपुर अमेलिया सडकखण्डको फूलबारी-१ भञ्झाङ भन्ने स्थानमा गएराति बा११च ११०८ नम्बरको निजी महेन्द्रा जिप दुर्घटना हुँदा त्यसमा सवार सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ।  राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमबहादुर सिंहका अनुसार मृत्यु हुनेमा फूलबारी गाविस–६ का ३० वर्षीय मधु योगी, सोही गाविसका २२ वर्षीय प्रवीण खड्का, २२ वर्षीय पूर्ण ओली, १८ वर्षीय शङ्कर चौधरी, २० वर्षीय खर्क डाँगी, २० वर्षीय गणेश केसी र ३५ वर्षीय रविन गिरी रहेका छन्।
सो दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्। मृतक सबै एकै वडाका युवाहरु रहेका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुको कोलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। राति करिब ११:३० बजे गाडी सडकबाट करिब ३०० मिटर तल खाल्सोमा खसेको जनाइएको छ। रासस

Leave a Reply

Your email address will not be published.